टिपर आतंकः एक महिनामा ६ को मृत्यु
शनिबार, ०९ असार २०७५, ०६ : ४३
काठमाडौं - पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ ।
महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ ।
तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् ।
यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर घाइते र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको प्रवक्ता मैनाली बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै