शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथाः बेसोमती

शनिबार, ०९ असार २०७५, ०८ : २४
शनिबार, ०९ असार २०७५

-शिवराज श्रेष्ठ  

‘‘आँखा नभएको मान्छे !’’
म पनि चिप्लिएको थिएँ । मेरो पनि पाइन्टमा हिलो लागेको थियो । मेरो मात्र आँखा नभएको हो र ? भन्न मन थियो तर मैले मुस्कुराउँदै भने ।
‘‘सरी’’    
‘‘के–को सरी, यस्तै हो केटा मान्छेहरू खुबै मनमनै खुसी भइराको होला, होइन ?’’
अब चैँ अतिभो ! अनिभने ‘तिम्रो त आँखा थियो होलानी ?”
“अझै बढी बोलिराको । मलाई चिनेको छौ ?”
किन चिन्नुप¥यो, तिमीलाई अलि नम्र भएर बोल्न सकिन्न ? रूप जस्तै बोली भएको भए । कति राम्रो हुने थियो । 
“मेरो रूपसँग के–को वास्ता आफ्नो बाटो टटाए हुन्छ ।” भन्दै गई बेसोमती

आजै यो केटीसँग ठोक्किनुपर्ने ढिलो भएको बेलामादि नै खराब हुने भयो, त्यहीमाथि इन्चार्जको किचकिच ।
हतार हतार अफिस पुगेँ । धन्य ! प्रभु इन्चार्ज आएका रहेनछन् । भरखरै एक राम्री म्याम आउनु भो । आउनेबित्तिकै ऐना हेर्न थाल्नुभो । सायद मलाई देख्नु भएनछ । मैले खोके जस्तो गरे, उहाँ फर्केरे मुस्कुराउनुभयो । अनि मेलै कुरा गर्ने हेतुले भने–
“गीत त्यसै बनेको हुन्न रहेछ । म्याम ?” 
“किन र ?”
जबो यस्तो पानीले पनि रुझाउला त भनी छाता नै नलिई हिँडेको भिजाइ छाड्यो । सिमसिम पानी त बेइमानी हँुदो रहेछ ।
हो र है । ए, अनि हिलो पनि त लागेछ ?
ठोम्किन पुग्यो, कसैसँग मोडमा अनि चिप्लिएँ ।
केटाकी केटी हो ?
हुन त केटी नै हो तर रूप मात्र राम्रो बोली त बाबा, चनाचट्पटे खाएजस्तै पिरो ।

म्यामको लामो हाँसो “हा.. हा..”
उहाँको मज्जाको हाँस्ने बानी खुब मन पर्छ । कहिल्य त उहाँ मेरो कल्पनाकी पात्र भन्दा नि राम्री हुनुहुन्छ, जस्तो लाग्छ । सुँडुलो जिउ, हेरी नसक्नु, रङ्गीन कपाल अनि लाली लगाएको चेरी, स्टोबरी जस्तै ओठ ।
साँझपख घर फर्किएँ थकानमा । हात खुट्टा धोइवरी टेबलमा बसे केही लेख्न भनी धेरै भएको थियो केही नलेखेको । निनीले चिया ल्याउ दिनुभो । के लेखौँ, के लेखौँ भयो । बाटो रुमलिएको बटुवा जस्तै के भनौँ । मलाई त कहाँ जानु अर्थात के लेख्ने नै विषय भएन । एक्कासि बिहानाको घट्ना सम्झिए । चित्र कोरे मनमा र ! लेख्नथाले बेसोमती भनी ।
सुन्दर नयनको कस्तो, नसुहाउँदो हेराई ।
सुन्दर अधरको कस्तो, नमीठो बोलाई । 
यौवनले ढकमक्क फूले फूलमा पनि
निला शिरिसको, अमिलो सुगन्धाई ।

    कलात्मक झ्याल, झ्यालको माथिल्लतिर झुन्डाइएको माटोका विभिन्न आकृतिको वस्तुहरू । सानो गल्ली तर पनि धेरै सपनाहरू अटाएका बाटाहरू । म पनि हिँड्दै थिएँ । त्यही गल्लीमा धेरै रहर र सपनाहरू बोकी ।
माटाको गमला लिन गएको थिएँ । एउटा पसलमा पसेँ । त्याहाँ कोही लामो कपाल भएकी युवतीलाई देखेँ । जसको कपाल कम्बरभन्दा पनि तलसम्म झरेर फिँजिएको थियो । उनी किताबतर्फ झुकिरहिन् पानाहरू पल्टाउँदै, कालो र सेता मोटा मोटा गोला रङ भएको कुर्थामा सजिएकी मेरो बाल मस्तिष्कमा रहेको प्यारीलाई देखेँ उनीमा ।
ओ मिस्टर के चाहियो ?
म झस्किएँ ! हिजोकै बेसोमती रहिछिन् । टाउको चिलाए जस्तै गरी भने– “गमला चाहिएको थियो ।”
उसले मुस्कुराउँदै भनी “कतिवटा ?”
मैले दङ खाए ! बिर्सिकी क्या हो । बेसोमतीले हिजो लडेको पल । ममाथि उनी र उनको छाता पर कुनामा पुगेको । 
मेलै पनि मुस्कुराको जस्तै गरी भनेँ– “आधा दर्जन ?” 
उनी गमला निकाल्न थालिन्, म उनीलाई नियाल्न थालेँ । उनी हिजोकै युवती हुन् त ? कति फरक । 

धेरै दिनपछि उनीलाई देखेँ बेसोमती ठानेको केटीलाई मनले भन्यो, देखेर पनि नदेखेझैँ गरेँ तर नयन मान्दै मानेन । मुस्कानले युद्धको आह्वान गरी छाड्यो । म टाढाबाट नै मुस्कुराई पुगेँ तर उनी चाहिँ खाउँला जसरी आँखा तरेर गई । फेरि मनले भन्न बाध्य तुल्यायो उनको हेराइले बेसोमती ।
कहिले काहीँ म उनको पसलमा चियाउने गर्थें । प्राय उनी कालो अनि लामो केश राशि फिँजाएर, किताबमा नयन दैडाउँदै मुकुराई रहेकी हुन्थी । म मग्नमुक्त हुन्थेँ । उनीको मुस्कानसँगै अनि रमाउँथे । 
म उनीलाई सोच्दै हिँडिरहेको थिएँ । आज पनि भेट भयो त्यही मोडमा होइन, अलि परको गल्लीमा । ठम्मरठुमर गरेर मेरै नजिक आइपुगी बेसोमती । अनिभनी–
के हो मिस्टर मेरो घरको बाटो चाहार्न थाल्यौ । भनेथेँ नि, केटा मान्छेहरू यस्तै हुन्छन् भनेर ।
कस्तो हुन्छन् केटामान्छेहरू ? मेरो घर जाने बाटो यतै हो अनि ।
पहिले त देखेको थिइनँ त ?
पहिले म नै थिइनँ अनि ।
एक्कासि के आकाशबाट झरेका हौ त ?
होइन, अनि के त ?
अनि के हुनु आज पनि आफ्नो बाटो तताए हुन्छ ।
किन यति रिस होला ? केटा मान्छेप्रति यो बेसोमतीलाई । जहिले केटामान्छे भनी पेच हान्छे । नारीविना संसार चल्न सक्दैन भने पुरुषविना पनि त चल्दैन । चल्छ कि एक पटक सोध्नुपर्ला बेसोमतीसँग ।

म हिँडिहालेँ । साँझमा यतिकै व्यर्थले, हो व्यअर्थले भनौँ या उनीलाई देख्ने झिनो आशाले । चकमन्न बजारमा मन्दिर नै मन्दिर भजन कीर्तन हुँदै थियो । त्यही मोड मनपर्छ । त्यही क्षण, सिमसिम पानी...। एक्कासि युवतीहरूको गलल हाँसो, धुवाँ उडिरहेको थियो तर गन्ध अरू केहीको । बेसोमत पो रहेछिन् । अझै हासे मलाई हेरेर, कानेखुसी गर्दै । आज त अति गरी बेसोमतीले । केही भन्न मन थियो तर शब्द भेटिनँ अनि घर फर्कें । व्यर्थले जसरी घरबाट हिँडेको थिएँ त्यसरी नै ।
सानोमै सर भइयो । अब बुढो भएको जस्तै लाग्न थालेको छ आफैंलाई । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप