बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविताः चिनियाँ रेल

शनिबार, ०९ असार २०७५, ०८ : ३०
शनिबार, ०९ असार २०७५

-नरेन्द्र   

रसुवाको चट्टान चिरी चीनबाट ल्याउ रेल 
त्यही रेलमा  पठाऊँ हामी चितवनको सर्सिउँ तेल
रोकौँ विदेशी षड्यन्त्र, पढौँ समृद्धिको समुन्द्र 
खुल्नेछ समृद्धिको गेट, अब कसैको हुने छैन भोको अनि  नाङ्गो पेट 

कति जाने हाम्रा युवा मलेसिया र खाडीतिर  
लागौँ अब कोदालो लिएर आफ्नै भीर पाखा  झाडितिर 
फलाउ अन्न लटरम्म भरतपुर र  माडीतिर 

रोपौँ आलु र  तोरी,  बन्द गराँै राजनीतिको खेल फोहोरी 
जागौँ जाँगरिला नेपाल आमाका बहादुर  छोराछोरी 
बनाऔँ नेपाल आफ्नै गाउँघरमा गोठ अनि भकारी सोहोरी 
धेरै भयो खुट्टा तान्ने राजनीतिको सदाबहार खेल 
विकाशका लागि  रोकौँ अब विदेशिने जवानहरूको भेल 
एकजुट होऔँ, देखाऊँ हामी भाइचारा र राष्ट्रियतमा मेल 

जनताको सपनमा लागिरहे धक्काहरू 
रोक्नुपर्छ भाइ भाइ लडाउने विदेशी षडयन्त्ररूपी चक्काहरू 
बनाउनु छ राष्ट्रियताका लागि नहल्लिने पक्काहरू 

देखेका छौँ हामीले स्विजरल्यान्ड, सिड्नी अनि सिङ्गापुर 
सुरु गरौँ देश बनाउन पर्यटक ल्याई   बन्दिपुर 
रोजगारीको सिर्जना गर्न गराँै अब छिट्टै सुर 

अघिकारसहित गएको छ गाउँगाउँमा सिंहदरबार 
बस्नुपर्ने छैन गरिब भई कसैलाई विनाघरबार 
लागौँ अब देश बनाउन हर समय हर प्रहर 
    
रोकौँ विदेशी षड्यन्त्र, पढौँ समृद्धिको समुद्र 
खुल्नेछ समृद्धिको गेट, अब हुनेछ विदेशिएका छोरा र बाआमाको भेट 
कसैको हुने छैन यो गणतन्त्रमा भोको अनि नाङ्गो पेट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप