बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुकथाः स्वार्थ

शनिबार, ०९ असार २०७५, ०८ : ३८
शनिबार, ०९ असार २०७५

-दीपक वाग्ले  

म धोकेबाजहरूको सहरबाट आफ्ना हर निशान मेटेर यौटा गुमनाम यात्राको निरीह यात्री जस्तै कतै हिँडिरहेको थिएँ । मनभित्र वर्षिएको चोटिल वर्षात्हरूसँगै आकाश गर्जिन थाल्यो । छिनभरमै वर्षा सुरु भयो । छेवैको प्रतीक्षालय मेरो प्रतीक्षामा थियो । भित्र छिर्दैगर्दा अघिल्तिर कुनै परिचित मुहार मलाई हेर्दै मुस्कुराएको भान भयो । म निःशब्द थिएँ । म कुनै स्वप्निल दुनियाँमा हराउँदै गर्दा ऊ अचानक सामुन्ने आएर प्रश्न तेस्र्याउन थाली । ‘कता हिँड्यौ ? भेट नभएको धेरै भयो । बिर्सियौ कि क्या हो ?’

म मूर्तिवत रूपमा उभिइरहे । जिन्दगी प्रश्नै पश्नहरूबीच अल्झिएको थियो । त्यसैले म नाजवाफ रहेँ । ऊ ठट्टा गर्दै फेरि केही भन्न थाली । ‘मविना बाँच्न सक्दिनँ भन्थ्यौ त, जिउँदै रहेछौ खुसी लाग्यो ।’  ऊ खितितित्त हास्न थाली । मलाई उसको हाँसोदेखि दया लागेर आयो । दुनिया स्वार्थमा चल्दो रहेछ । यो स्वार्थी दुनियामा मर्नुको अर्थ केवल सास फेर्न छोड्नु मात्र हुँदैन । गहिरिएर हेर्नु एक पटक । कोही कसैको यादमा र कोही कसैको पर्खाइमा मरिरहेका हुन्छन् । मार्नेहरू आफ्नो स्वार्थ पूरा भएपछि वचनले मार्छन्, व्यवहारले मार्छन् । शिशिरको उदास वृक्षजस्तो मर्नेहरू रहरमै मरिदिन्छन् । पत्थर, पत्थर नै भएर बसिदिन्छ । मानौँ ऊ ती रहस्यहरूबाट गुमनाम भएको होस् ।’
  
‘म हरेक दिन भगवानसँग प्राथना गर्छु । विश्वास गर । तिमी पुनः आफ्नो जिन्दगीको लयमा फर्किनेछौ ।’ 
यो दुनियाको नियती नै यस्तै छ कान्छी । यहाँ पत्थर मन बोकेर हिँड्नेहरू पत्थरलाई नै पुज्ने गर्छन् । यहाँ रातारात ढुङ्गाहरू देउतामा बदलिन्छन् र मान्छेहरू ढुङ्गामा । साच्चै भनौँ मैले भगवानसँग तिमीबाहेक अरू केही पनि मागेको थिइनँ तर दैवले अन्तर्घात ग¥यो । सबथोक दियो मलाई, मात्र तिमी दिएन ।

उसको चम्किलो अनुहार बादलिन थाल्यो । ऊ केही बोल्न थाली । ‘विश्वास गर । मन कमजोर नबनाउँ । परिस्थितिले हामीलाई दोबाटोमा पु¥याइदियो । हामी एक हुन सकेनौँ तर म सदा तिम्रो गुनको ऋणी छु । म कहिल्यै तिमीलाई बिर्सिने छैन ।’

‘हा.. हा.. बिर्सिनु ती विगतका सम्झनाहरू । खोला तरिसकेपछि लौरो साथमा लिएर हिँड्न सकिँदैन । फालिदिनुपर्छ, त्यसलाई त्यही खोली किनारामा । तिमीले पनि त त्यही ग¥यौ । म दोभानमा किनारा बनेर किनारामा नै अल्झिरहे ।’

-सिन्धुली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप