बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सात मुक्तकः असारे

शनिबार, ०९ असार २०७५, ०८ : ४६
शनिबार, ०९ असार २०७५

-ध्रुव गजुरेल  

असार आएकाले खेतमा आली लाउँदैछन्
घुम ओढेर रोपारहरू रोपाइँ गर्दैछन्
बीउ कड्नेहरूले नै छिटो काम गरेकाले
हिलोमा लत्पतिएर लाठे, रोपार खेल्दैछन्

कुलो लाग्नेहरू दङ्ग छन् रोपाइँ गर्नलाई
कैयौं आकाश हेरिरहेका धान रोप्नलाई
बीउ लामो भइसकेको पनि देखिन्छ ब्याडमा
किसान खेतला खोज्दैछ रोपाइँ गर्नलाई ।

माना रोपेर मुरी फलाउँने बेला हो भन्दै
हिलोमा खेल्दै नाचगान गर्ने पनि भन्दै
आएको छ असार मङ्सिर बोलाउनलाई
आउँनुहोस् है असारे गाउनलाई भन्दै ।

आली लगाइसकेर बाउसे सुरु हुँदैछ
ह ह माले ह ह, गोरु अगाडि दौडाउँदैछ
रोपारहरूले असारे गाउँदै गरेकाले
खुबै रमाइलोमा असार सुरु भएको छ ।

आलो पालोमा असारे दोहोरी नै चलेको छ 
कोभन्दा को कमले असारे चुड्का फलेको छ
धान रोपी सकेर घरैमा जाउँला हो भन्दै
कुरा मिलेमा लानेसम्मको कुरा चलेको छ ।

रोपाइँ सक्दै गोडमेल, सिंचाइ गर्नलाई
धानले खेतमा बएली खेलेको हेर्नलाई
सम्पूर्ण फाँटहरूमा रोपाइँ हुनुपर्दछ
देशमा पुग्नेगरी आत्मनिर्भर हुनलाई ।

स्वदेशमा सुन फल्दैछ विदेश जानै पर्दैन
त्यही मिहिनेतमा यहाँ जमिन बाँझो हुँदैन
विदेशमा दुःख गरिरहेकाहरू सबैले
फर्की आउनुहोस् नेपाल भोकै मर्न पर्दैन ।
(मुक्तक फिजराल्डको शेली अनुसार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप