आकाशको चरो
-आविष्कार चापागाईं
म निलो आकाशमा हेर्दै
एक दिन यो आकाश छेडी
उड्ने सपना देख्दै छु
अनि सानैमा मलाई यसरी नै सिकाइयो
उडी छुनु चन्द्र एक
हरेक दिन
ती निला आकाशमा
डम्म भएर बसेको बादलसँग
मितेरी गाँस्न मन लाग्छ
अनि त्यही ती सेता प्वाँखमा बसी
नयाँ सहासका साथ
सपना पूरा गरौँ लाग्छ !!
हरेक दिन यसरी बित्दै जाँद
एक चरो त्यो निलो आकाशबाट मलाई
चिहाइ रहेको हुन्छ
म माथि नै टहिरिएको हुन्छ
आफ्ना पखेटाहरू फट्फटाउँदै
केही प्वाँख उसको शरीरबाट
छुट्छ अनि मेरै माथि ठोकिन्छ !
म पनि कति न सोची
त्यो प्वाँखलाई समाती
यस्तै प्वाँख राख्न पाए
चरो जसरी उड्ने
बादलमाथि भन्दै
केही मन गढन्ते सपना
मनमनै बनाउँदै सपनाहरू अझ
स्थिर र एक ढिक बनाउँदै जान्छु !!
अचम्म यति बेला लाग्छ
त्यो प्वाँख, त्यो चरो अनि
त्यो चरो पनि गहिराइ नाप्दै रहेछ
कति तलसम्म जानुपर्छ भनेर
मलाई देखेर ऊ पनि आफ्नो सपना बुन्दै होला
खोलामा रहेको माछाको
शिकारको नाप पो गरेको हो ?
त्यो निलो बादलमा
उड्नै मन नलागरे
मानव जस्तै हुन मन पो गरेको हो कि ?
घामले सेकिएको चरो
बासस्थान खोज्न गहिराइ नाप्दै हो कि ?
नतमस्तक भएर उड्ने चरोले
त्यो उचाइबाट हामी मानवलाई
कमिलो जस्तो जताततै देखेर
रमाई रहेको हो कि ?
बढो अचम्म छ यो खुला आकाश
अनि यो चरो
म अर्थात मानव
दिन दिनै सपनाको शिखर चढ्न
निलो आकाश पारिको सपना देख्ने
रातका तारासँगै उड्न मन लाग्ने
अनि घाम जस्तै तेजस्वी हुन मन लाग्ने
त्यो चरो
पक्कै पनि खुट्टा टेकी हिँड्न चाहान्छ ,
घामको तेजमा शितल खाना अवश्य चाहान्छ
जमिनमा रहेको कमिलासँग बस्न चाहान्छ
त्यसैले त हरेक दिन
बिहान मिर्मिरेमा चिहाउँछ
अनि हाम्रो सपनालाई सम्झाउँछ
जाऊ नीलो आकाश खुला छ
उड र सपना पूरा गर !!
तिमी उड्ने सपना पूरा गर
म जमिनबाट तिमीले राखिदिएको
आहारा विनाकुनै सङ्कोच
विनाकुनै गहिराइ मापन गरी
ल्याउने छु
म मेरो सपना पूरा गर्नै छु !!
जाऊ मानव जाऊ उड !
भरतपुर–६, चितवन
चितवन मेडिकल कलेज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै