‘मानव तस्करी’बारे सडक नाटक देखाउने पाँच युवतीमाथि भारतमा सामूहिक बलात्कार
एजेन्सी । झारखण्डको आदिवासी बदुल खुँटी जिल्लामा पाँच युवतीमाथि कथित सामूहिक बलात्कारको आरोपमा एक मिशनरी स्कूलकका फादर समेत ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
खुँटी प्रहरीका प्रमुख अश्विनी सिन्हाले भने, ‘खुँटी जिल्लामा एक गैरसरकारी संस्थामा काम गर्ने पाँच युवतीमाथि सामूहिक बलात्कारको आरोपमा कोचाङस्थिति मिशनरी स्कूलका फादरसमेत सातजनामाथि मुद्दा दर्ता गरिएको छ ।’
उनका अनुसार प्रहरीले फरार एक आरोपीको तस्विर जारी गरेको छ । उनीबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ ।
के हो मामिला ?
कोचाङ गाउँ झारखण्डको राजधानी राँचीबाट करीब ८० किलोमिटर टाढा रहेको छ ।
राँचीका डिआइजी ऐ बी होमकरका अनुसार १९ जुनका दिन एक गैरसरकारी संस्था ‘आशा किरण’ को एक टोली कोचाङ गाउँमा पुगेको थियो ।
११ जनाको यो टोलीले मानव तस्करीविरुद्धको अभियान अन्तरगत सडक नाटक गर्न उक्त गाउँ पुगेको थियो ।
गाउँको बजारमा सडक नाटक गरे पछि उनीहरु एक स्थानीय मिशनरी स्कूलमा पुगे र
प्रहरीका अनुसार उनीहरु स्कूल पुग्ने बित्तिकै मोटरसाइकलमा सवार केही स्कूल पुगे र हतियार देखाएर पाँच युवतीलाई अपहरण गरे । टिममा रहेका तीन जना पुरुषमाथि पनि उनीहरुले मारपीट गरेका थिए ।
त्यसपछि अभियुक्तहरुले उनीहरुलाई नजिकैको जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
होमकरका अनुसार यो घटना २० जुनमा बाहिर आएको थियो । खबर पाउने बित्तिकै खुँटी जिल्लाको प्रहरी यसबारे जानकारी जुटाउन लागि परेको थियो ।
२१ जुनमा एक पीडितसँग लामो सोधपुछ गरियो । जसबाट थप विषयको जानकारी प्रहरीलाई भयो ।
यस घटनामा प्रहरीका अनुसार :
– कोचाङ गाउँको उक्त मिशन स्कूलका फादर र आशा किरण संस्थाका पदाधिकारीहरुले प्रहरी वा प्रशासनलाई घटनाबारे कुनै पनि जानकारी दिएनन् ।
– प्रहरीले संस्थासँग जोडिएका दुई सिस्टरसँग किन मौनता साँधेको भनेर सोधपुछ गरिरहेको छ । स्कूलका शिक्षकहरुसँग पनि सोधपुछ भइरहेको छ ।
प्रहरीले यो घटनामा पत्थलगडी समर्थकहरुको हात हुनसक्ने बताएको छ । पत्थलगडी र नक्सल प्रभावित दुर्गम क्षेत्र भएको कारण प्रहरीले आफ्नो कारवाहीमा सावधानीसमेत अपनाइरहेको छ ।
तर, महिला अधिकारकर्मी आलोकाले यो विषयमा पत्थलगडीलाई मात्र जोड्न सही नहुने बताउँछिन् ।
उनका अनुसार झारखण्डमा महिला सुरक्षाको विषय पहिले देखि नै पेचिलो रहेको छ । यहाँ महिनामा औसत ११० वटा बलात्कारको घटना हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी