शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थोमस मुलर, जर्मनी

शनिबार, ०९ असार २०७५, १२ : २३
शनिबार, ०९ असार २०७५

मुलर २८ वर्षका भए । तर उनले विश्वकपमा १० गोल गरिसकेका छन् । राष्ट्रिय टोलीबाट ९२ खेलमा ३२ गोल गरेका मुलर विश्वकपमा सर्वाधिक १६ गोल गर्ने आफ्नै देशका मिरोस्लाभ क्लोजको किर्तिमान बराबरी गर्नबाट ६ गोलले पछि छन् । 

यस्तो अवस्थामा मुलरबाट ठूलो अपेक्षा गरिएको थियो । तर, पहिलो खेलमा उनी चुके । यस खेलमा पनि प्रशिक्षक जोआचिम लोले मुलरबाट अपेक्षा गर्ने नै भए । मुलरलाई ‘बिग म्याच प्लेयर’ हुन् ।

आवश्यकता परेका बेला टोलीका लागि गोल गर्छन् । साथै सहकर्मी खेलाडीलाई गोलका लागि पनि पास उपलब्ध गराइदिन्छन् ।

अग्रपंक्तिका यी अलराउन्डर खेलाडी स्ट्राइकिङ र मिडफिल्ड दुबै पोजिसनमा जम्न सक्छन् । त्यसैले स्वीडेनले खेल जित्नका लागि यी खेलाडीलाई चलाखीपूर्वक रोक्न सक्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप