इसेवाबाट एसइइको रिजल्ट हेर्न मिल्ने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हर्न सकिने भएको छ ।
परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् ।
परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै http://results.esewa.com.np लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ ।
इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो । मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए ।
‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ । इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)