शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई कांग्रेस महामन्त्री महतको यस्तो सुझाव

शनिबार, ०९ असार २०७५, १८ : ११
शनिबार, ०९ असार २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव दिएका छन् । 

शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले दुवै छिमेकी राष्ट्रले नेपालमा रेल सेवा सञ्चालन होस् भन्ने कामना गर्नु स्वभाविक भएपनि रेल सेवाको नाममा मुलुकलाई थप ऋणको बोझ बोकाउन नहुने धारणा राखेका हुन् । 

उनले चीन र भारत दुवै छिमेकी राष्ट्रसँग नेपाल सरकारले अनुदानमा रेल निर्माण गर्न अनुरोध गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘हाम्रा आफ्नै आन्तरिक आवश्यताहरु धेरै छन्, ती आवश्यकताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए अनुदानमा बनाउने हो ।’

राष्ट्रियताको चर्को नारा लगाउने वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई खाक्रो बनाउदै लगेको आरोप लगाए । उनले भने, ‘सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियता छ जस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठिकै छ भन्ने, जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो ।’

उनले पार्टी सभापतिहरुको भेला अत्यन्तै सफल र सकारात्मक भएको टिप्पणी गरे ।  उनले पार्टीभित्र विभाजन नै आए जस्तो गरेर मिडियामा आएका विषयमा सत्यता नभएको दाबी गरे ।

भेलाले सरकारको सर्वसत्तावाद विरुद्ध सशक्त ढंगले सदन र सडक दुवैबाट प्रतिकार गर्नका लागि तयार रहन कार्यकर्तालाई आव्हान गरेको पनि उनले जानकारी दिए । 

उनले भने, ‘अहिले सरकार सर्वसत्तावादतर्फ लागेको छ, प्रधानमन्त्री ओली आफूमा सबै अधिकारहरु थुपार्नतर्फ लागेका छन्, उनले महत्वपूर्ण निकायहरु आफू केन्द्रित गरेका छन्, यस्तो अवस्थामा लोकतान्त्रिक मुल्य र मान्यतालाई बचाउनको लागि पनि कांग्रेस आवश्यक परे सडक र सदन दुवैमा जस्तोसुकै संघर्ष गर्नपनि तयार छ ।’

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा नेतृत्वको चर्को आलोचना भएका समाचार प्रकाशित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप