शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रील तथा स्टिलको मुल्यवृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण

शनिबार, ०९ असार २०७५, १८ : ३७
शनिबार, ०९ असार २०७५

काठमाडौं । ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टिलजन्य सामानको अस्वभाविक मुल्यवृद्धि भएको भन्दै बजार हस्तक्षेप गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

इन्धनको मुल्य बढेसँगै बजारमा अस्वभाविक रुपमा ग्रील र स्टिलको मुल्य बढेको भन्दै उनले अन्तर्राष्ट्रिय बजार र नेपाली बजारको मुल्य अध्ययन गरि बजार हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् । 

ग्रील तथा स्टिल व्यवसायीहरुले सनिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष कटुवालले अस्वभाविक मुल्यवृद्धिका कारण व्यवसायीहरु मारमा परेको बताए । 

केही व्यक्तिका कारण बढेको अस्वभाविक मुल्यवृद्धिले भूकम्पपछिको पुननिर्माणको काम पनि प्रभावित भएको भन्दै उनले तत्काल प्रभावकारी ढंगले बजार अनुगमन गरी व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिए । 

उनले लोडसेडिङको अन्त्यले धेरै राहत मिलेपनि चर्को बजार मुल्य र दक्ष जनशक्तिको अभावमा व्यवसाय प्रभावित हुदै आएको बताए । दक्ष जनशक्ति विदेश पलायन हुनु र राज्यले दक्ष जनशक्ति उत्पादनका लागि पहल नगरेका कारण यो समस्या दैनिक बढ्दै गएको हो ।

मुलुकभर १० हजार बढी ग्रील तथा स्टिल व्यवसायी रहेको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप