शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको कुल बजेट ३ अर्ब ३४ करोड, प्रत्येक वडालाई कति ?

शनिबार, ०९ असार २०७५, १९ : १७
शनिबार, ०९ असार २०७५

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) ल्याउने भएको छ । 

आइतबार हुन लागेको दोस्रो नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महानगरको बजेट तीन अर्ब ३४ करोडको बजेट आउन लागेको हो ।

भरतपुर महानगरका अनुसार चालु खर्च एक अर्ब ७० करोड ४९ लाख, पूँजिगत खर्च एक अर्ब ६२ करोड ५६ लाख र वित्तिय व्यवस्था एक करोड रुपैयाँ विनियोजन हुँदैछ । 

यसमा संस्थागत विकास तथा सेवा प्रवाहतर्फ कार्यालयको प्रशासनिक खर्च ३५ करोड ६४ लाख र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि १२ करोड रुपैयाँ छुट्याइने बताइएको छ ।

२९ वडालाई ३१ करोड
भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कूल ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ । वडातर्फ विनियोजित बजेटबाट वडा नम्बर २९ ले सबैभन्दा बढी एक करोड १५ लाख, वडा नम्बर १०, १५ देखि १७, २३, २५ देखि २८ ले एक करोड १० लाखका दरले र बाँकी १९ वटा वडालाई एक करोड पाँच लाखका दरले बजेट छुट्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप