बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘रोजगारीका लागि अब युवाले विदेशिनुपर्दैन’ : मन्त्री तामाङ

शनिबार, ०९ असार २०७५, १९ : १८
शनिबार, ०९ असार २०७५

नवलपरासी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आम नेपाली युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताएका छन् । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नवलपरासीले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तामाङले नेपालमा ठूला विकासका योजना ल्याउने र सोही योजनाअन्तर्गत युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । 

मन्त्री तामाङले अब युवालाई हरियो राहदानी थमाएर विदेश पठाउनेभन्दा पनि हरियो चेक दिएर स्वदेशमा नै रोजगारको प्रबन्ध मिलाइने बताए । 

उनले सरकारले युवालाई स्वदेशमा नै केही गर्न सकून् भन्दै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋर्ण पनि प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा अब उनीहरुलाई स्वदेशमै आफ्नो क्षमता र योग्यताअनुसारको काम गर्न पाउने छन् भने ।  

चुनावी घोषणापत्रमा जेष्ठ नागरिकलाई प्रदान गर्ने भनिएको रु पाँच हजारको वृद्धभत्तालाई यही सरकारको समयमा लागू गरिने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप