बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ’ : मन्त्री थापा

शनिबार, ०९ असार २०७५, १९ : ३८
शनिबार, ०९ असार २०७५

बेनी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको नैसर्गिक हकलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । 

समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उनले सर्वसाधारणले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनुपर्दछ भनिन् । 

मन्त्री थापाले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन निःशुल्क शिविर आयोजना गरिएको बताउँदै घरघरमा स्वास्थ्य सेवा पु¥याउन अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न कार्यक्रमहरुको घोषणा गरेको उल्लेख गरिन् । 

गाउँगाउँमा स्वास्थ्य सेवा लैजान आगामी दिनमा ठोस खालका कार्यक्रम सञ्चालन गरिने भन्दै उनले स्थानीय तहहरूले स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम गर्नुपर्ने बताइन् । 

मन्त्री थापाले मुस्ताङको कोबाङदेखि उपचार सेवा लिन आएकी शीतलदेवी पुनलाई नामदर्ता कागज हस्तान्तरण गरेर शिविरको शुभारम्भ गरेकी थिइन् । 

शिविरमा बालरोग विशेषज्ञ डा। नवराज सुवेदी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिएको थियो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको शिविरमा म्याग्दीसहित मुस्ताङ र पर्वत जिल्लाका तीनसय बढी बिरामीले सेवा लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप