मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा : महामन्त्री कोइराला

शनिबार, ०९ असार २०७५, २० : ०८
शनिबार, ०९ असार २०७५

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन् ।  

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठौं वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राखे । 

‘प्रेस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँगे्रसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन’– महामन्त्री डा कोइरालाले भने । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताए । 

कार्यक्रममा नेपाल प्रेस युनियन एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने बताए ।  

नेपाल पे्रस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पे्रस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य हुँदैन भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप