बर्षातले पुननिर्माणमा बाधा, मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकियो
-रामहरी श्रेष्ठ
ओखलढुंगा । निर्माण सामग्रीको मूल्यवृद्धि तथा ग्रामीण सडकहरु बर्षातले अवरुद्ध हुन थालेपछि ओखलढुंगामा पुनर्निर्माण प्रभावित भएको छ ।
खिजीदेम्वा गाउँपालिका निवासी साङ्गे शेर्पाले बर्खायाम अघि नै सुरक्षित घरमा बस्ने योजनालाई महंगी र ग्रामीण सडकले वाधा पुर्याएको गुनासो गरे ।
‘बर्खाअघि नै घर निमार्ण सम्पन्न गर्नुपर्याे भनेको थिए’ उनले भने, ‘कहिले महंगीले समान किन्न सकिँदैन्, कहिले गाउँमा जाने बाटो भत्किएर गाडी नै आउँदैन् ।’
ग्रमीण सडकको बिजोक एकातिर छँदैछ, अर्काेतिर बजार मुल्य समेत आकासिँदा सर्वसाधारणको ढाड सेकिएको छ । बजारमा प्रति केजी ८४ रुपैयाँ पर्ने छड ११० रुपैयाँ पुगेको छ ।
बोराको आठ सय पर्ने सिमेन्ट एक हजार चार सय रुपैयाँ पुगेको छ भने सात सय रुपैयाँ पर्ने पीपीसी सिमेन्टको एक हजार दुई सय रुपैयाँ पुगेको छ । महंगै रकम तिरेर सामान ल्याउँछु भन्दा पनि बाजारमा पाईनै छाड्यो शेर्पाले भने ।
लिखु गाउँपालीका–७ का नेत्रबहादुर थापाले दिनहुँको बर्षात गर्दा गाउँ–गाउँमा जाने कृषि सडक बिग्रिएकाले निर्माण सामग्री बीच बाटोमै थन्किएको बताए ।
‘जसोतासो सामान ल्याईयो तर बाटो बिग्रिएकाले सामान बाटोमै राखेको छु’ उनले भने ।
भूकम्पले बढी प्रभावित जिल्लाको खिजिदेम्बा, लिखु तथा उत्तरी भू–भागका गाउँपालिकामा पुग्ने सडकहरु बिग्रिएका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयकाका अनुसार ओखलढुंगामा पुनर्निर्माण सन्तोषजनक छ ।
हालसम्मको अवधिमा जिल्लाका १० हजार ७ सय ९९ जना भूकम्प पीडितले तेस्रो र १६ हजार ७ सय ८३ जनाले दोस्रो किस्ता हात पारेका छन् ।
त्यस्तै १९ हजार १ सय तिन जना भूकम्प पीडितले पहिलो किस्ता पाइसकेका छन् । जिल्लामा कुल लाभग्राहीको संख्या २० हजार १ सय ६१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि