बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन तीन बालविवाह रद्द

शनिबार, ०९ असार २०७५, २० : ४६
शनिबार, ०९ असार २०७५

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन् । 

विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । 

त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द गरिएको हो । 

चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ । 

उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ ।

उनीहरुलाई सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिए । जिल्लामा अलिहेसम्म ३२ वटा बालविवाह रद्द गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप