दक्षिण कोरियामाथि मेक्सिकोको जित, कोरिया २–१ ले पछाडि
शनिबार, ०९ असार २०७५, २२ : ४४
काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले २–१ को जित निकालेको छ ।
समूह एफ अन्तर्गतको दोस्रो खेलमा मेक्सिकोका लागि २६ औं मिनेटमा कार्लोस भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।
त्यस्तै खेलको दोस्रो हाफमा जाभिर हेर्नाडेजले दोस्रो गोल गरेका थिए । हेर्नाडेजले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
त्यस्तै खेलको अतिरिक्त समयमा दक्षिण कोरियाले उक गोल गरेको छ । दक्षिण कोरियाको खेलाडी सोन हेइङले खेलको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरेका हुन् ।
मेक्सिकोले समूह चरणको आफ्नो पहिलो खेलमा जर्मनीमाथि १–० को जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर