शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको अपमान हुने स्टाट्स लेखेका सुनार काठमाडौं पठाइए

शुक्रबार, ३० असार २०७४, ०८ : २३
शुक्रबार, ३० असार २०७४

चुरामणि अर्याल
कपिलवस्तु -राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर  अपमानजनक फेसबुक स्टाटस लेख्ने सोनुु कुमार सुनारलाई जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले साइवर अपराधको कानुनी कारवाहीका लागि काठमाडौँ पठाएकोछ ।
सुनारले विभिन्न मितिमा राष्ट्रपति ,प्रधानमन्त्री देखि ठुलापार्टीका नेताहरुका विषयमा लेखेका आपत्तिजनक तुच्छ स्टाटसवाट उनले साइवर अपराध निरन्तर गर्दै आएको पाइएकोले काठमाडौं चलान गरिएको प्रहरी उपरिक्षक भोजजंग शाहले वताए । 
यता कपिवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले साइवर अपराधका विषयमा पहिलोपटक कपिलवस्तुवाट अनुसन्धान शुरु भएको बताए । उनले यस्ता गतिविधीमा संलग्नहरुका वारेमा समयमै प्रशासनलाई जानकारी दिन आग्रह गर्नु भयो । 
यता पक्राउ परेका सुनारमाथि कडा कारवाहीको माग गर्दै कपिलवस्तुका अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र वुझाएका छन ।
पक्राउ परेका सुनार कपिलवस्तु सदरमुकाम तौलिहवाको रेडियो हुदाका प्राविधिक हुन् । उनले आफुलाई सो रेडियोको स्टेशन मेनेजर भनेर फेसबुकमा स्वघोषित रुपमा लेखका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप