बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिभावक भन्छन्, ‘शिक्षिकाले पिट्दा छोराको अप्रेशन नै गर्नुपर्यो’

आइतबार, १० असार २०७५, १७ : २९
आइतबार, १० असार २०७५

बीरगञ्ज । वीरगञ्जको गोल्डेन फ्युचर सेकेण्डरी स्कुलकी शिक्षिकाले विद्यार्थीलाई हिर्काउँदा विद्यार्थीको अपरेशन नै गर्नुपरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिका बस्ने मनोज ठाकुरको छोरा आलोक शर्मालाई शिक्षिका सुमन झाले कुटपिट गर्दा उनको ढाँडमा चोट लागेर अपरेशन नै गर्नुपरेको पीडित परिवारले बताएका छन् ।

गएको जेठ २७ गते गोल्डेन फ्युचर सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थी आलोकलाई तेश्रो घण्टीमा शिक्षिका सुमनले व्याकरण पढाउने क्रममा प्लाष्टिकको पाइपले ढाँडमा हिर्काउदा चोट लागेको बालकले बताएका छन् । 

घरमा अभिभावकलाई भने विद्यालयमा शिक्षकबाट फेरी कुटाई खाने डरले आलोकले केही पनि नभनेको तर हिँड्नलाई पनि अप्ठ्यारो गर्ने, खाना पनि नखाने गरेपछि परिवारले उनलाई चिकित्सकलाई देखाएका थिए ।

चिकित्सकले औषधी लेखेर दिएपछि पनि ठीक नभएपछि पुन डा.रोशन अलीकोमा भर्ना गराएपछि एक्सरे गराउँदा डाक्टरले अपरेशन गर्नुपर्ने बताए । ढाँडामा लागेको चोटको बारेमा आलोकले शुरुमा नबताए पनि केही दिनपछि विद्यालयमा शिक्षकले कुटेको बताएका थिए ।

यस विषयमा विद्यालयमा पनि जानकारी गराउँदा समेत विद्यालयबाट कुनै किसिमको जवाफ नआएको पीडितका अभिभावकले बताए । उनीहरुले विद्यालयकी शिक्षिकाले नै लठ्ठीले हिर्काएको आरोप लगाएका छन् । तर, विद्यालयका प्रिन्सिपल डिजे गुरुङले भने विद्यालयमा २७ गते तीनजना विद्यार्थीहरुबीच झगडा भएपछि सामान्य सजाय मात्रै दिएको बताएका छन् । उनले २८ गतेदेखि विद्यालय बन्द भएपछि शिक्षिकाले त्यसरी कुटपिट गरेको आफूलाई कुनै जानकारी नभएको बताउदै यस विषयमा विद्यालय खुलेपछि छानविन गर्दा समेत त्यस्तो कुटपिट नभएको दावी गरे ।

उनले विद्यालय बन्द भएपछि पनि धेरै दिनपछि मात्रै अभिभावकहरुले आपूmलाई जानकारी दिएको र सोही अनुसार आपूm अस्पतालमा पुगेर घाइते बालक र अभिभावकहरुलाई भेट गरि आवश्यक उपचार खर्चको पनि व्यवस्था गरिदिएको बताए । 

अभिभावकका अनुसार अस्पताल प्रशासनले पनि बालकलाई लागेको चोट निकै गम्भीर भएकोले अपरेशन गर्नुपरेको र कुटपिट नै भएको हो भने कानुनी प्रक्रियामा जान समेत सुझाव दिएको अभिभावकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप