शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब गुगल क्रोमलाई फायरफक्सले यसरी टक्कर दिँदै

सोमबार, ११ असार २०७५, ०९ : ०१
सोमबार, ११ असार २०७५

बीबीसी

पछिल्ला केही वर्षदेखि एउटा ब्राउजरले इन्टरनेटमा राज गरिरहेको छ, त्यो हो गुगल क्रोम । तर अब यसलाई टक्कर दिन फायरफक्स आएको छ ।

फायरफक्स कुनै नौलो नाम होइन । यसलाई सन् २००२ मा पहिलो पटक फ्रि र ओपन सोर्स ब्राउजरको रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिल्ला फाउन्डेशनले डेभलप गरेको हो जसको वेबसाइटले ‘इन्टरनेटसम्म सबैको पहुँच बनाउने ग्यारेन्टी दिने फ्रि सफ्टवेयर बनाउनका लागि प्रतिबद्ध’ भएको बताउँछ ।

जब सन् २००८ मा क्रोम लञ्च भयो तब बिस्तारै यसले अन्य ब्राउजर्सको स्थान ओगट्न थाल्यो ।

आँकडा प्रदान गर्ने पोर्टल www.statista.com का अनुसार यस वर्षको मेसम्म ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोमबाट आउँछ । अन्य ब्राउजर्स निकै पछाडि छन् । ११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर र ५ प्रतिशत सफारीबाट आउँछ ।

तर मोजिल्लाले गत वर्षको अन्त्यमा फायरफक्स क्वान्टम जारी गर्यो जसको महिनैपिच्छे फलोअर्स बढिरहेको बताइएको छ ।

विशेषज्ञका अनुसार तीन यस्ता कारण छन् जसको आधारमा भन्न सकिन्छ कि फायरफक्स क्वान्टम गुगल क्रोमलाई टक्कर दिनका लागि तयार छ ।

१. प्राइभेसीः

फायरफक्समा इन्स्टल हुने एक्सटेन्शन क्रोमको तुलनामा कम छ तर यसले तपाईंलाई धेरै सुरक्षा दिन्छ ।

फ्रि ब्राउजरमा तपाईं यस्ता फिचर एक्टिभेट गर्न सक्नुहुन्छ जसले इन्टरनेट क्रोलर्सलाई तपाईंको नीजि डेटा एकत्रित गर्नबाट रोक्नसक्छ । तर क्रोममा यस्तो गर्नका लागि तपाईंले थर्ड पार्टी एक्सटेन्शन इन्स्टल गर्ने झन्झट उठाउनुपर्छ ।

यसका साथै फायरफक्स क्वान्टममा फेसबुकलाई सिमित गरिदिने सुविधा छ । यसले तपाईंको सोसल मिडिया प्रोफाइल अल हुनेछ र त्यसले ब्राउजरमा तपाईंको अन्य गतिविधीलाई ट्र्याक गर्न पाउँदैन ।

फायरफक्स एक फ्रि ब्राउजर हो त्यसकारण यसमार्फत व्यवसायिक उद्देश्य पूर्ती गर्न पाउनुहुन्न । डेटा एकत्रित गरेर त्यसलाई विज्ञापन दिनेहरुलाई बेच्नमा उसको कुनै रुची छैन ।

२. स्पिडः

केही वेबसाइटका अनुसार फायरफकसको स्पिड क्रोमभन्दा धेरै छ, तर केही वेबसाइटले क्रोम धेरै फास्ट भएको मान्यता राख्छन् ।

द न्यूयोर्क टाइम्सको टोक्नोलोजी एक्सपर्ट ब्रायन एक्स. शेनले एक लेखमा लेखेका छन् – थुप्रै महिनासम्म दुबै प्रयोग गरेपछि म भन्न सक्छु कि दुबै निकै फास्ट छन् ।

‘यी दुईबीचको भिन्नता बारे कुरा गर्नुपर्दा फायरफक्स संसाधनलाई सही ढङ्गले ढाल्छ र सही तरिकाले त्यसको प्रयोग गर्छ,’ उनी भन्छन् ।  

क्रोममा जब तपाईं नयाँ ट्याब खोल्नुहुन्छ, यसले एक नयाँ प्रोसेस सुरु गर्छ र यसले मेसिन स्लो हुन्छ । जबकी फायरफक्समा नयाँ ट्याबको लोडिङ स्पिड फास्ट छ ।

३. डेटाको कम खपतः

ब्राउजरलाई फास्ट र हल्का बनाउनका लागि मेमोरीको पनि आवश्यकता पर्छ ।

मोजिल्लाको दाबी अनुसार फायरफक्स क्वान्टमले ३० प्रतिशत कम र्याम प्रयोग गर्दछ र यसले ब्याट्रि लाइफमा पनि राम्रो प्रभाव पार्छ ।

स्तम्भकार शेनले नेटफ्लिक्सको भिडियो लगातार लूपमा चलाउँदा क्रोमको तुलनामा फायरफक्स चलाउँदा ब्याट्रि २० प्रतिशत बढि टिकेको बताए ।

उनका अनुसार यी दुईबीच धेरै भिन्नता छैन । अहिले फायरफक्स क्वान्टमले लामो यात्रा पार गर्नुपर्छ तर यी स–साना कुरा आशाजनक छन् ।

प्राइभेसीको मामलामा सिक्योरिटी एक्सपर्ट मोजिल्लाको कामको प्रशंसा गर्छन् ।

एक गैर–लाभकारी डिजिटल अधिकार संगठन इलेक्ट्रोनिक फ्रन्टायर फाउन्डेशनका सिक्योरिटी रिसर्चर कूपर क्विटिनले न्यूयोर्क टाइम्सलाई भने, ‘यस्तो लाग्छ कि फायरफक्सले आफूलाई प्राइभेसी–फ्रेन्डली ब्राउजरको रुपमा स्थापित गरेको छ र यसले सुरक्षा बढाउने मामलामा शानदार काम पनि गरिरहेको छ ।’

त्यसो भए यी कुराको आधारमा मोजिल्ला फायरफक्सलाई टक्कर दिनका लागि तयार भएको भन्न सकिएला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप