शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरिया हवाई आक्रमणमा  ७० जना लडाकू मारिएः  रूसी रक्षा मन्त्रालय

सोमबार, ११ असार २०७५, १९ : १३
सोमबार, ११ असार २०७५

एजेन्सी– रूसी वायुसेनाको सहयोगमा सिरियाली सरकारी फौज र ‘फ्रि सिरियन आर्मी’ले दक्षिणी सिरियाली द्वन्द्वग्रस्त क्षेत्रमा नुस्रा फ्रन्ट समूहमाथि गरेको कारवाहीमा नुस्रा फ्रन्टका कम्तीमा ७० जना लडाकूको मृत्यु भएको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । 

आक्रमणमा उक्त समूहका ७० लडाकूको मृत्यु भएको छ भने तीन बख्तरबन्द गाडी, १४ वटा अन्य गाडी तथा आक्रमणका लागि तयारी अवस्थामा राखिएका केही मेसिन गनहरू नष्ट गरिएको, मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । सिरियाली पक्षतर्फ भने कुनै क्षति नभएको मन्त्रालयले बताएको छ । 

अनाधिकारिक विपक्षी समूह ‘फ्रि सिरियन आर्मी’ केही समय पहिले सरकारी फौजसँग एकतावद्ध भएर पूर्व अलकायदाबाट विभक्त नुस्रा फ्रन्टविरुद्ध लड्दै आएको छ । 

संयुक्त राज्य अमेरिका र रूसले गतवर्ष जोर्डनमा भएको सहमति अनुसार दक्षिणी सिरियामा द्वन्द्वमा अस्थायीरूपमा भएपनि कमी आएको यस क्षेत्रमा स्थायित्व तथा मानवीय सहयोगको प्रबाह गर्ने एक नाकाका रूपमा स्थापना गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप