शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेजर साथीकी श्रीमतीलाई आफूसँग विवाह गर्न दबाब दिइरहेका थिए मेजर निखिलः अस्विकार गर्दा हत्या

मङ्गलबार, १२ असार २०७५, १० : १४
मङ्गलबार, १२ असार २०७५

आर्मीका दुई मेजर, दुबै मिल्ने साथी । त्यसपछि एक मेजरले आफ्नो साथीलाई धोका दिन सुरु गर्छन् र यो धोकाले हत्याको भयानक रुप लिन्छ । आखिर के हो यो दोस्ती, प्रेम र धोकाको पूरा कहानी जसको पुलिसले बिस्तारै खुलासा गरिरहेको छ ।

दिल्लीको क्यान्ट इलाकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या गरिन्छ । पुलिसले सूचना पाएलगत्तै सुरु हुन्छ यसबारे अनुसन्धान । सुरुमा त पूरा घटनालाई अपराधको अर्को एक घटना मानिन्छ र लामो समयसम्म शवको पहिचान हुन पाउँदैन । तर  जतिजति यो घटनाक्रमबारे पर्दा खुल्दै जान्छ  त्यति नै पुलिस चकित पर्छन् । मृतक महिलाको शनाखत सेनामा कार्यरत एक मेजरकी श्रीमती (शैलजा द्वीवेदी) को रुपमा हुन्छ ।

आखिर किन गरियो शैलजाको हत्या ?

दिल्ली पुलिसले सैन्य अधिकारीकी श्रीमती शैलजा द्वीवेदीको हत्याको मामलामा मेजर निखिल हान्डालाई पक्राउ गरेको छ । पुलिसका अनुसार मेजर निखिलले विवाहित शैलजालाई आफूसँग विवाह गर्न दबाब दिइरहेका थिए । जब शैलजाले अस्विकार गरिन् तब निखिलले चक्कुले गला रेटेर उनको हत्या गरिदिए ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मेजर निखिल दिल्लीको साकेतमा बस्छन् । उनका पिता नेवीमा अफिसर छन् । यतिबेला निखिल नागाल्याण्डको दीमापुरमा तैनाथ छन् । दुई महिना अघिसम्म मेजर अमित द्वीवेदी र उनकी श्रीमती शैलजा द्वीवेदी पनि दीमापुरमा नै थिए । निखिल हान्डा र मेजर अमित निकै राम्रा साथी हुन् । यसै कारण दीमापुरमा निखिल र शैलजाको पनि परिचय भएको थियो ।

शैलजा र निखिल हाण्डा

लगातार गर्थे फोनः

पश्चिमी दिल्लीका डिसीपी विजय कुमारका अनुसार विवाहित निखिल शैलजाप्रति अत्यधिक आकर्षित थिए त्यसकारण उनले शैलजालाई लगातार फोन गर्न थाले । उनी जून २ तारिखमा दीमापुरबाट छुट्टी लिएर दिल्ली आए र माइग्रेनको उपचार गराउने बहानामा आर्मी बेस अस्पताल जान थाले किनभने शैलजा खुट्टाको फिजियोथेरापी गर्न त्यहाँ आउँथिन् । निखिलले आफ्ना छोरालाई पनि उपचारका लागि बेस अस्पताल भर्ना गरेका थिए । उनी शैलजालाई विवाह गर्नका लागि लगातार दबाब दिइरहेका थिए । जब शैलजाले अस्विकार गरिन् तब उनले हत्या गरिदिए । घटनालाई दुर्घटनाको रुप दिन निखिलले शैलजाको टाउको कारले किचिदिए ।

कल डिटेल्सले खोल्यो राजः

अनुसन्धानको क्रममा शैलजाको मोबाइलको जाँच गर्दा अन्तिम कल निखिल हाण्डाको भेटियो र पुलिसले यसैका आधारमा हत्याकाण्डबारे पर्दाफास गर्न सफ भयो ।

दिनभरी कारमा घुमिरहेः

पुलिसका अनुसार शनिबार अपरान्ह हत्या गरेपछि निखिल दिनभरी आफ्नो कारमा कहिले दिल्ली त कहिले एनसीआर घुमिरहे र बारम्बार लोकेशन परिवर्तन गरिरहे । यसैबीच उनले आफ्नो मोबाइल पनि स्विच अफ गरेका थिए । पुलिसले सिसिटीभी फुटेजमा कारको पहिचार गरेको थियो । तर उनलाई आइतबार अपरान्ह मेरठको केन्ट इलाकाबाट पक्राउ गरियो । विजय कुमारका अनुसार निखिलको गाडीमा थुप्रै चक्कु भेटिए । त्यसकारण यो स्पष्ट हुन्छ कि हत्याको योजना पहिले देखि नै बुनिएको थियो ।

हत्यामा अन्य दुई पनि संलग्नः

पुलिसका अनुसार अन्य दुईजनासँग शैलजा सम्पर्कमा थिइन् । उनीहरुको फोन पनि स्विच अफ छ ।  यी दुई भारतीय सेनासँग जोडिएका छैनन् तर परिवारका निकै नजिकका नातेदार हुन् ।

मिसेज इन्डिया अर्थ कम्पिटिसनमा भाग लिएकी थिइन्ः

शैलजा द्वीवेदी गृहिणी हुनुका साथै ग्ल्यामर क्षेत्रसँग पनि सम्बन्धित थिइन् । उनी अमृतसरमा बस्थिन् र विवाह अघि गुरुनानक देव युनिभर्सिटीमा लेक्चरर थिइन् । विवाहपछि उनी मोडलिङतर्फ झुकिन् र मिसेज इन्डिया अर्थ कम्पिटिसनमा भाग लिइन् । मिसेज इन्डिया अर्थ वेबसाइटमा दिइएको शैलजाको प्रोफाइल अनुसार उनले अर्बन प्लानिङमा एमटेक, जियोग्राफीमा मास्टर्स र टुर एण्ड ट्राभल म्यानेजमेन्टमा ब्याचलर गरेकी थिइन् । यसका साथै उनी क्याच एण्ड केयर नामको एनजिओसँग पनि जोडिइन् । उनी खाली समयमा गरिब बच्चालाई पढाउने गर्थिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप