बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभामा बिजयी

बुधबार, १३ असार २०७५, ११ : ३१
बुधबार, १३ असार २०७५

डेमोक्रेटिक दलका तर्फबाट अमेरिकाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।  उनी डेमोक्रेटिक दलकोतर्फबाट उम्मेदवार

बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोभेम्बरमा हुने आम निर्वाचनका लागि ढोका खुलेको छ । 

उनले आगामी चुनावमा रिपब्लिकनका उम्मेदवारसँग चुनावी मैदानमा भिड्नुपर्ने छ । ४ जना प्रतिस्प्रर्धिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् । 

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थान बनाएका हुन् । एरिक ब्रोम्वेलले ६३८७ मत पाएका थिए ।

यसैगरि मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी भएको डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ । 

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवारमध्ये भण्डारी पनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए ।  यो प्राथमिक निर्वाचन भएकाले उनले आम निवार्चनमा जितेपछि मात्रै नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन् । 

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप