शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तराष्ट्रिय यात्रामा लगेज हराउने चिन्ता छ ? ढुक्क हुनुहोस्, अब सोसाइटी ट्राभलले दिन्छ सेवा

बुधबार, १३ असार २०७५, १६ : २३
बुधबार, १३ असार २०७५

काठमाडौं–यात्राको समय एयरलाइन्सबाट हराएका लगेज ट्रयाकिङ गर्ने कम्पनी ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ ले नेपालका लागि आफ्नो मार्केटिङ एजेन्टको रुपमा सोसाइटी ट्राभललाई नियुक्त गरेको छ । 

योसँगै ब्लू रिवनले सोसाइटी ट्राभलबाट आफ्ना ग्राहकको ट्राभल बुक गर्न सक्ने छ भने सोसाइटी ट्राभलले ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ को सेवा दिनेछ । ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ले विश्वका कुनै पनि एयरलाइन्सबाट यात्रा गर्ने यात्रीका ब्यागको ट्रयाकिङ गर्ने काम गर्छ । 

यदि यात्राको बेला कतै ब्याग हराएमा ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ किन्ने ग्राहकले सूचना दिनुपर्छ, जसको आधारमा ब्लू रिवनले ब्यागको खोजी गरी ग्राहक समक्ष पुर्याउने काम गर्दछ । यो सर्भिस लिन चाहने ग्राहकले प्रति ब्याग ५ डलरका दरले सेवा किन्न सक्छ, जसको मुल्य १ हजार डलरको हुनेछ । 

यदि ४ दिन (९६घण्टा) सम्म पनि ग्राहकको ब्याग उपलब्ध गराउन सकेन भने ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ ले उक्त रकम आफैले भुक्तानी दिन्छ । यो सेवा लिने ग्राहकले टिकट किन्ने बेलामानै ‘ब्लू रिवन ब्याग्ज’ सेवा ‘प्लस’ गर्नुपर्छ । यो सेवाले ग्राहकलाई ढुक्क बनाउने कम्पनीको दावी छ । किनकि यो ‘भ्यालू एडेड’ सेवा हो । 

यात्राको क्रममा यो सर्भिस लिने ग्राहक ढुक्कसँग यात्रा गर्न सक्छ । ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ एयरलाइन्सबाट यात्रा गर्दा हराएका आफ्ना सामान सुरक्षित राख्ने सस्तो र सुविधाजनक तरीका हो । हराएको सामान पुन प्राप्त गर्नको लागि २४ घण्टा भित्र यो सेवा खरिद गर्न सकिन्छ । ट्राभल एण्ड टुर्सको क्षेत्रमा नेपालमा भरपर्दो र विश्वसनीय सेवा दिँदै आएको सोसाइटी ट्राभल मार्फत आफ्नो सेवा विस्तार गर्न पाउँदा खुशी लागेको ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ ले जनाएको छ ।

विश्वका उत्कृष्ट ट्राभल एजेन्सी मार्फत ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ लिन सकिने भएकाले यो सेवाले नेपालमा पनि राम्रो मार्केट लिने कम्पनीले जनाएको छ । ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ का निर्देशक सीडी लेजरका अनुसार वर्षमा १० लाखभन्दा बढी ब्यागहरु हराइरहेका हुन्छन् । 

उनी भन्छन् ‘हाम्रो सर्भिसले ग्राहकले हराएको ब्याग सजिलै प्राप्त गर्न सक्नेछन्  आशा छ नेपाली ग्राहकले पनि यो सेवाको प्रयोग गरेर ब्याग हराउने समस्याबाट राहत पाउनेछन् ।’

नेपालमा ट्राभल एण्ड टुर्सको क्षेत्रमा छोटो समयमा गुणस्तरीय सेवाका कारण स्थापीत सोसाइटी ट्राभलले भुटान, तिब्बत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवई र फिलिपिन्स लगायतका देशमा आफ्ना प्रतिनिधि मार्फत सेवा दिंदै आएको छ ।

भारत, बंगलादेश, भुटान र चिनमा ग्लोब्लू नेटवर्कसँग संजाल विस्तार गरेको छ । ट्राभलको क्षेत्रमा व्यापक र विशेष सेवा प्रदान गर्दै आएको छ । सोसाइटी ट्राभलले आफ्ना ग्राहकको भावना अनुसारको उत्कृष्ट सेवा दिन सफल भएको ट्राभलका प्रबन्ध निर्देशक सुनील शर्मा बताउँछन् । 

सोसाइटी ट्राभल भुटान एयरलाइन्स, गोएयर र सीचुवान एयरलाइन्सको  लागि जीएसए पनि हो । ‘ब्लू रिवन ब्याग्ज सर्भिस’ को लागि मार्केटिङ एजेन्टको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी र गर्भको अनुभुति गरेको ट्राभलका प्रबन्ध निर्देशक सुनील शर्माले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप