भक्तपुर पुगेर धान रोपाइँ गरे देउवाले
काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर पुगेर रोपाइँमा सहभागी भएका छन् ।
नेपाल किसान संघ जिल्ला कार्यसमिति भक्तपुरले चाँगुनारायण नगरपालिका ७ स्थित भद्रकालीमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवा सहभागी भएका हुन् ।
देउवाले सो अवसरमा धान रोपाइँ समेत गरेका थिए ।
सो अवसरमा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडी बढाउनु पर्ने बताए । सबै एक भएमा अगामी दिनमा पार्टी पुन मुुलुक एक नम्बर पार्टी हुने भन्दै देउवाले गल्ती कमीकमजोरीलाई सुर्धादै अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य डिना संगौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नगरसभापति यादव अधिकारीले मुलुकमा क्युनिष्टहरुको अराजकता बढेको अरोप लगाएका थिए ।
‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?