शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्जमा समातिए अर्का सुन तस्कर

शुक्रबार, १५ असार २०७५, १६ : १२
शुक्रबार, १५ असार २०७५

वीरगञ्ज– वीरगन्जबाट प्रहरीले एक केजी सुनसहित एक जना तस्करलाई पक्राउ गरेको छ । 

नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले वीरगन्जको शंकराचार्य गेट अगाडिबाट अन्दाजी एक केजी सुनसहित एक जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षिय सन्तोष कुमा साह रहेका छन् ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरिक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जाँदै गरेको साह सवार ना ४८ प ३७७४ नम्बरको मोटरसाइलक शंकराचार्य गेटमा रोकर चेकजाँच गर्दा मोटरसाइको सिटमुनि लुकाएर राखिएको ६ वटा टुक्रनमा रहेको अन्दाजी एक केजी सुन बरामद गरेको हो । 

सुनसहित पक्राउ परेका साहलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप