मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एसइईमा जिपिए ४ ल्याउनेलाई एक लाख

शनिबार, १६ असार २०७५, ०७ : ५७
शनिबार, १६ असार २०७५

उर्लाबारी । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । 

अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।

विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिए ।

यस्तै जिपिए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३.८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप