शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ललित कला प्रदर्शनी ‘स्प्ल्यास अफ कलर्स’ सम्पन्न

आइतबार, १७ असार २०७५, १७ : ३८
आइतबार, १७ असार २०७५

काठमाडौं । सामुदायिक विद्यालयका विधार्थीहरुलाई आवश्यक मंञ्चको व्यवस्था गर्ने आशयका साथ आयोजना गरिएको अन्तराष्ट्रिय ललित कला प्रदर्शनी सम्पन्न भएको छ ।

‘स्प्ल्यास अफ कलर्स’ प्रशंग रहेको यस प्रर्दशनीले सामुदायीक स्कुलका विद्यार्थीहरुलाई आफ्नो कला प्रस्फुटनका निम्ती थप उर्जा प्रदान गरेको डीएभी स्कूलले बताएको छ  ।  

डीएभी स्कुलले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको सीप र कला विकास गर्नका लागि “कला का शिप” नामक कार्यशालाको प्रयोजन गरिसकेको छ । उक्त कार्यक्रमले विद्यार्थीहरुको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै उनिहरुलाई हौसला प्र्रदान गरेको छ ।

डीएभी स्कूलद्धारा आयोजित उक्त कार्यक्रममा ४ सामुदायीक  विद्यालयका  २२ विद्यार्थीहरु (टिका विद्ययाश्रम मा.वि, सचेतना प्राथमिक विद्यालय, म्यारी वार्ड स्कुल र किर्र्र्र्ती माध्यमिक विद्यालयमा) साथै डीएभीस्कूलका ७८ जना र भारतका ४ विभिन्न विद्यालयवाट विद्यार्थीहरु सहभागी रहेका थिए ।

२ दिसम्म चलेको कार्यक्रमले नेपालका विद्यार्थीहरु पनि कला क्षेत्रमा अब्बल रहेको प्रमाणित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप