शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टलाई अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड

सोमबार, १८ असार २०७५, १९ : १६
सोमबार, १८ असार २०७५

चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले आइतबार फ्रान्समा अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड  प्राप्त गरेको छ ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै क्वालिटी अवार्ड दिइएको हो ।

तुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई आइतबार पेरिसमा आयोजित एक समारोहबीच स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी अवार्ड दिइएको हो ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड पाएको कलेजले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप