बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी तालमा परिणत भए वीरगञ्ज महानगरका बस्ती (फोटोफिचर)

मङ्गलबार, १९ असार २०७५, १३ : ४३
मङ्गलबार, १९ असार २०७५

पर्सा– तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण वीरगञ्ज महानगरका विभिन्न स्थान डुवानमा परेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सोमबार राती सिर्सिया नदीमा पानीको सतह बढेपछि वीरगञ्ज महानगरपालिका विभिन्न वडाहरु डुबानमा परेका हुन् ।

वीरगञ्ज महानगरपालिकाको सिर्सिया, अलौं, नगवा, छपकैया, अशोकबाटिका रामगढवा, लगायतका क्षेत्रमा समेत घरहरु डुबानमा परेका छन् ।

घरहरु डुबेको भएपनि मानवीय क्षति भने अहिलेसम्म नभएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखाका सरफुद्धिन मियाँले नगरको विभिन्न ठाउँमा वर्षाले समस्या निम्त्याएको र समाधानका लागि बिहानैदेखि नगरपालिकाका कर्मचारीहरु खटेको बताए ।

स्काभेटरको सहायताले बिहानैदेखि नगरका विभिन्न स्थानमा पानीको निकास गराउने काम भइरहेको सरसफाई शाखाका सरफुद्धिन मियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप