शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेइमारको यो ‘नौटङ्की’ माथि दुनियाँ हैरान

बुधबार, २० असार २०७५, ०८ : १४
बुधबार, २० असार २०७५

बीबीसी

‘नेइमारले ब्राजिललाई खुसी बनाए तर पूरा संसारलाई क्रोधित’

ब्राजिलको पत्रिका ग्लोबोमा प्रकाशित एक लेखको हेडलाइन हो यो । र यो ती खेलाडी बारे लेखिएको हो जो एउटै म्याचमा उत्कृष्ट फुटबल प्रतिभा र बेकारको अभिनयको नमूना एकसाथ पेश गर्न सक्छन् ।

अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि अब नेइमार फुटबल विश्वकपमा सबैभन्दा ठूलो स्टार बाँकी छन् । उनी संसारका सबैभन्दा महँगा खेलाडीसमेत हुन् ।

नेइमारको तारिफ पनि आलोचना पनिः

सोमबार राउन्ड १६ मा मेक्सीको विरुद्धको खेलमा पनि नेइमारले आफ्नो जादु बिछ्याए । ब्राजिलको तर्फबाट दागेको दुई गोलमध्ये एक गोल उनैले हाने र अर्को हान्नमा महत्वपूर्ण भूमिका निभाए ।

तर मैदानमा गोल गर्नुका साथै उनी दोस्रो कारणले पनि चर्चामा रहे ।

जब कुनै प्रतिद्वन्द्वी खेलाडीसँग उनको भिडन्त हुन्छ तब उनी यस्तो चोट लागेको ‘नाटक’ गर्छन् जुन हेर्दा लाग्छ कि कुनै ठूलै घटना भएको छ । उनीमाथि यस्तै आरोप लाग्ने गरेको छ ।

नेइमारमाथि के भन्छन् ?

यसकारण तटस्थ समर्थकका बीच उनको खेलको चर्चा हुने गर्दछ तर उनको यो बानीको निकै आलोचना हुने गर्छ ।

ब्राजिलविरुद्ध मेक्सीकोको म्याचमा पनि यस्तै भयो । खेल समाप्त हुन २० मिनेट बाँकी हुँदा नेइमारका कारण खेल रोक्न पर्यो ।

 

मेक्सीकोका खेलाडी मिगुअल लायुनको खुट्टा नेइमारको खुट्टासँग ठोक्किँदा नेइमार यसरी चिच्याउन थाले कि हेर्दा यस्तो लाग्थ्यो कि उनलाई असहनीय पीडा भइरहेको छ ।

बचाउमा के भने ?

उनको यस्तो व्यवहारपछि ब्राजिलको समूह, मेक्सीकोका खेलाडी, रेफ्री, फोर्थ अफिसियल सबै त्यहाँ उपस्थित भए र तनावको स्थिती निम्तिने खतरा पैदा भयो ।

खेलपछि लायुनसँग जोडिएको प्रश्न नेइमारतर्फ तेर्साइँदा उनका म्यानेजर टाइटेले भने, ‘उनी नेइमारमाथि चढेका थिए । मैले स्क्रिनमा देखेको हुँ ।’

त्यसपछि नेइमारले भने, ‘हेर्नुहोस्, मलाई तल्लो स्तरको देखाउनका लागि यस्तो गरिएको हो भन्ने मलाई लाग्छ ।’

अन्य खेलाडी के भन्छन् ?

‘म आलोचना वा तारिफ दुबैमा त्यति ध्यान दिन्नँ किनभने यसले व्यक्तित्वमाथि असर पुर्याउँछ । पछिल्ला दुई खेलमा मैले प्रेससँग कुराकानी गरिनँ किनभने म चाहन्नथें ।’

‘मेरो काम भनेको खेल्नु हो र आफ्नो टीमलाई मद्दत गर्नु हो,’ नेइमारले भने ।

एस्टर विलाका पूर्व स्ट्राइकर डियोन डबलिनले भने, ‘मलाई नेइमारका लागि लाज लागिरहेको छ ।’

संसारका महान खेलाडीः

उनी संसारका महान खेलाडीमध्येका एक हुन् तर जब उनी मैदानमा यसरी रोल हुन्छन् तब केही बुझ्नै सकिन्नँ । अचम्म छ यार, तिमी योभन्दा राम्रो गर्न सक्छौ, फुटबल खेल न...’

सकारात्मक होस् वा नकारात्मक, नेइमारका लागि प्रतिक्रिया अत्यधिक आउने गर्छ । उनको इन्स्टाग्राममा करिब १० करोड फलोअर्स छन् र उनले पोष्ट गरेको १५ मिनेटभित्र १० लाख लाइक बर्सिने गर्छन् ।

तर ट्वीटरमा अर्को एक तस्बिर सेयर गरिँदै छ जसमा उनी स्विटजरल्याण्डविरुद्धको खेलमा रोल भइरहेको देख्न सकिन्छ ।

तपाईंलाई कति पीडा छ ?

र यो तस्बिर, त्यसमा आधारित मिम, भिडियो र जिफ सोसल मिडियामा भाइरल भए । एउटा पोष्टमा विभिन्न तरिकाले कराइरहेका नेइमारका आठ तस्बिर छन् र सोधिएको छ, ‘तपाईंलाई कति पीडा भइरहेको छ ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप