शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको प्राइभेट जिमेल अन्य तेस्रो व्यक्तिले पनि पढिरहेको छः गुगलले गर्यो यस्तो खुलासा

बुधबार, २० असार २०७५, ०९ : ५१
बुधबार, २० असार २०७५

बीबीसी

तपाईंले दैनिक थुप्रै महत्वपूर्ण इ–मेल एक–अर्कालाई पठाउनु हुन्छ होला । यीमध्ये केही मेल निकै नीजिसमेत हुने गर्छन् ।

तर के तपाईंलाई थाहा छ, तपाईंको निकै महत्वपूर्ण र प्राइभेट इमेल कुनै तेस्रो व्यक्तिले पनि पढिरहेका छन् ?

यो कुराले तपाईंलाई चकित बनाउला तर गुगल आफैंले यसको पुष्टि गरेको छ ।

गुगलका अनुसार जो व्यक्ति जिमेल प्रयोग गरेर इमेल पठाउँछन् उनीहरुलाई जुन मेल आउँछ, त्यो धेरै पटक कुनै थर्ड पार्टी एप डेभलपरले पनि पढेको हुन्सक्छ ।

जसले आफ्नो अकाउन्टसँगै थर्ड पार्टी एप जोडेका छन् उनीहरुले अन्जानमा बाहिरका डेभलपर्सलाई आफ्नो नीजि मेसेज पढ्ने अनुमती दिएका छन् ।

एक कम्पनीले वाल स्ट्रिट जर्नललाई दिएको जानकारी अनुसार यो निकै ‘साधारण’ कुरा हो र मानिसहरुलाई यो ‘कालो वास्तविकता’ बारे कुनै जानकारी छैन ।

सुरक्षा मामलाका एक विशेषज्ञले गुगलले पनि यस्तो कुराका लागि अनुमती दिन्छ भन्दै यसबारे ‘अफसोस’ जताएका छन् ।

जिमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो जसलाई १.४ अर्ब मानिसहरुले प्रयोग गर्छन् ।

मानिसहरु आफ्नो जिमेल अकाउन्टबाट थर्ड पार्टी म्यानेजमेन्ट टुल्स वा ट्राभल प्लानिङ र पैसाको तुलना गर्ने सर्भिसेसलाई जोड्न सक्छन् ।

जब कुनै व्यक्तिले आफ्नो अकाउन्टलाई कुनै बाहिरी सर्भिसबाट लिंक गर्छ तब विभिन्न प्रकारको अनुमती माग्ने गरिन्छ । यसमा थुप्रै पटक इमेल ‘पढ्ने, पठाउने, डिलिट गर्ने र म्यानेज’ गर्ने अनुमती पनि मागिन्छ ।

वाल स्ट्रिट जर्नलका अनुसार यस्तो प्रकारको अनुमती पाएपछि थुप्रै पटक थर्ड पार्टी एप्सका कर्मचारीले प्रयोगकर्ताको इ–मेल पढ्न सक्छन् ।

‘अनुमती मागिएन’

हुन त सन्देश साधारणतया कम्प्युटर एल्गोरिदममार्फत पठाइन्छ तर पत्रिकाले थुप्रै कम्पनीका यस्ता कर्मचारीसँग कुरा गरे जसले मानिसहरुको हज्जारैं इमेल मेसेज पढेका थिए ।

एडिशन सफ्टवेयरले पत्रिकालाई दिएको जानकारी अनुसार एक नयाँ सफ्टवेयर फिचर तयार गर्नका लागि उनीहरुले प्रयोगकताएको सैयौं मेल पढेका थिए ।

अर्को एक कम्पनी इडेटासोर्स इंकले इन्जिनियर्सले आफ्नो एल्गोरिदम राम्रो बनाउनु अघि थुप्रै इमेल हेरेको बताए ।

कम्पनीका अनुसार उनीहरुले प्रयोगकताएको मेसेज पढ्नुअघि कुनै प्रकारको अनुमती मागेका थिएनन् किनभने प्रयोगकर्ताको टर्म एण्ड कन्डिसनमा यसबारे पहिले नै सुचित गरिएको हुन्छ ।

युनिभर्सिटी अफ सुरीका प्राध्यापक एलन वुडवार्डले भने, ‘टर्म एण्ड कन्डिसन यति धैरै हुन्छ कि यो पढ्दा पढ्दै तपाईंको जीवनको थुप्रै हप्ता बित्ने गर्छ ।’

‘हुनसक्छ त्यहाँ यसबारे जानकारी दिएको होला तर यो बताइएको हुँदैन कि थर्ड पार्टीका लागि काम गर्ने कुनै व्यक्तिले तपाईंको मेसेज पढ्न सक्नेछ ।’

यद्यपी, गुगलले पहिले नै राम्रोसँग अनुसन्धान गरिएका कम्पनीलाई  मात्र आफ्ना प्रयोगकर्ताको मेसेज पढ्न अनुमती दिने गरेको जानकारी दिएको छ । गुगलको अनुसार अनुमती त्यतिबेला मात्र दिइन्छ जब प्रयोगकर्ताले त्यो थर्ड पार्टीलाई आफ्नो इमेल पढ्ने अनुमती दिएको हुन्छ ।

बीबीसीसँगको कुराकानीमा गुगलका अधिकारीले जिमेल प्रयोगकर्ताले आफ्नो सिक्योरिटी चेक अप पेजमा गएर कुन एप अकाउन्टसँग लिंक छन् भनेर हेर्न सक्ने जानकारी दिए । ‘यदि प्रयोगकर्ताले ती एपलाई हटाएर आफ्नो डेटा सेयर गर्न अस्विकार गर्छन् भने यसका लागि विकल्प खुल्ला छ,’ उनीहरुले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप