बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ३१ असार २०७४, ०८ : ०१
शनिबार, ३१ असार २०७४

-माधव पौडेल

यार कसैको विश्वास नगरे अनुहार हेरेर 
तिम्रै खिलाफ हुनसक्छ भरे अनुहार हेरेर ।

यौवन र रूप हावी भएपछि मन मस्तिष्कमा
कैयौँ मान्छेहरू प्यारमा परे अनुहार हेरेर । 

आँखामा नानीझैँ सजाएकाहरुले पनि आज 
पलभरमैँ यसरी सम्बन्ध बिगारे अनुहार हेरेर ।

मैसम जस्तै बदलिने स्वभावका मान्छेहरू 
मनमा पसेर आँसुभैmँ झरे अनुहार हेरेर । 

त्यति खराब मान्छे हुँदै होइन यो माधव  
यहाँ त गलत प्रचार गरे अनुहार हेरेर । 

बाँसगढी नगरपालिका–५ बर्दिया 
हाल : दोहा, कतार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप