बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन मुक्तक

शनिबार, ३१ असार २०७४, ०८ : २०
शनिबार, ३१ असार २०७४

-दीपक आचार्य ‘जलन’


ग्यास, तेलको गन्ध साथमा धुवाँ देखिन्छ
मरभूमिमा अरू के देखिन्छ, बालुवा देखिन्छ
हरेक रात प्रेमिकाको यादमा बिताउँछौँ
भन्छौँ बिहान सपनीमा आमा बुवा देखिन्छ


सबैको आआफ्नै कहानी हुन्छ
सोचेजस्तो कहाँ जिन्दगानी हुन्छ
मुस्कुराइदेऊ तिमी त्यो दिल खोलेर
मेरो दुःखको त्यही आम्दानी हुन्छ


जब हुन्छ तिम्रो मन काँडा जस्तो
यता बिझाउँछ जीवन काँडा जस्तो
तिमीलाई सताउने धेरै माया गर्ने
छ फूलजस्तो छैन जलन काँढा जस्तो

बर्दिया 
हाल : साउदी अरब


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप