बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो मात्रामा आधुनिक हतियार र गोली बरामद, ५ जना पक्राउ

बिहीबार, २१ असार २०७५, १९ : ३६
बिहीबार, २१ असार २०७५

संखुवासभा । संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सिलिचोङ गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई, र सूर्यबहादुर तथा राई चिचिला–२ का सुरेन्द्र राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई सार्वजनिक गरिएको हो । 

उनीहरुका साथबाट ७६५७ युएसए लेखिएको पेस्तोल एक थान, गोली १४ राउन्ड, म्यागजिन र थ्रीनट थ्री राइफल दुई दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप