बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया जाने विद्यार्थीका लागि विश्वासिलो माध्यम बन्दै किङ्सफोर्ड कलेज

शुक्रबार, २२ असार २०७५, ११ : ५४
शुक्रबार, २२ असार २०७५

काठमाडौँ –अस्ट्रेलिया जान चाहाने विद्यार्थीका लागि किङ्सफोर्ड अन्तर्रास्ट्रिय कलेज विश्वासिलो रहेको जनाइएको छ ।  राजधानीमा आयोजित कार्यक्रममा कलेज सञ्चालकहरूले यो कुराको बारेमा जानकारी गराएका हुन् । 
अस्ट्रेलियाको सिड्नीमा रहेको किङ्सफोर्ड इन्टरनेसनल कलेजमा अन्य कलेजभन्दा नितान्त फरक रहेको आयोजकले जनाएको छ । 
 

काठमाडौँको अन्नपूर्ण होटलमा कार्यक्रमको आयोजना गर्दै  कलेज सञ्चालन गर्ने अधिकांश नेपाली भएका कारण नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययन गर्नका लागि सहज हुने जनाइएको छ ।
अस्ट्रेलियामा नेपालीहरूले जनाउँदै आएको सहभागिताले निकै मार्केट पाएको हुँदा किङ्सफोर्ड नेपालीहरूको विश्वास बन्न सक्ने जनाइएको छ । 

किङ्सफोर्ड अन्तर्राष्ट्रिय संस्थाका प्रमुख भीम खरेलले नेपालबाट अस्ट्रेलिया राम्रो विद्यार्थी पठाएको कारण अझैसम्म नेपाल २ नम्बरमा रहेको बताए ।

कलेज सञ्चालनका लागि अस्ट्रेलियाको सरकारबाट १ महिना पहिला अनुमति प्राप्त भइसकेको हुँदा मार्केटका लागि पहिलो पल्ट टोली नेपाल आएको कलेजका निर्देशक राजी खनालले बताए । 

कलेजको बारेमा एजेन्टहरूलाई जानकारी दिने र सहकार्य गरेर काम गर्नका लागि टिम नेपाल आएको बताए । अब १६ जुलाईदेखि कलेजको क्लास सञ्चालन हुने छ । 

किङ्सफोर्ड कलेज अरू भन्दा फरक तरिकाबाट म्याजेनमेन्टदेखि हरेक कुरामा सिड्नीमा सेटल गरेको हुँदा विद्यार्थीहरू अध्ययनका लागि जाने आयोजकको विश्वास रहेको छ । एक वर्षका लागि ९ हजार ८ सय अस्ट्रेलियन डलर अर्थात साढे ७ लाख नेपाली रुपियाँ लाग्ने बताए । 

सिड्नीको मुख्य सरहरमै भएको हुँदा कक्षा १२ सकेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने निर्देशक खनालले बताएका छन् । जसमा अङ्ग्रेजी बोल्ने र ६० प्रतिशत माक्र्स कटेको विद्यार्थी हुनुपर्ने छ ।

सो कलेजमा डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फमेसन टेक्नोलोजी, डिप्लोमा अफ प्रोजेक्ट म्यानेजमेन्ट, एड्भान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी प्रोजेक्ट म्यानेजमेन्ट लगायतको बारेमा विद्यालर्थीलाई अध्ययन गराइने  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप