बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : नेप्से परिसुचक ३९.८८ अंकले बृद्धि, एक अर्ब ३३ करोडको कारोबार

शुक्रबार, २२ असार २०७५, १२ : ११
शुक्रबार, २२ असार २०७५

काठमाडाैं- यो साता नेप्से परिसुचक ३९.८८ अंकले बढेर १२२४.४१ अंकमा पुगेको छ ।  एक अर्ब ३३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा १८४ कम्पनी सामेल भए । गत साताको तुलनमा यो साता कारोबार रकम पनि २८.३९ अंकले बृद्धि भएको हो । 
क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.३४ अंकले बढेर २५७.४६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (सात करोड ४२ लाख ३० हजार रुपैयाँ) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५५ हजार कित्ता) को आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६४१ वटा) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप