शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडलबाट बाहिरिइन् मेनुका, भावुक बन्यो माहोल

शनिबार, ३१ असार २०७४, १० : ४३
शनिबार, ३१ असार २०७४

काठमाडौं– रियालीटी सो नेपाल आइडलबाट  एक सशक्त प्रतिभा  मेनुका पौडेल बाहिरिएकी छिन् ।  शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै  झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।   


प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ,  निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् ।    सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक सञ्जालमा सही प्रतिभा छनोट हुन नसकेको भनि  टिप्पणी समेत भइरहेका छन् ।


मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । स्मरण रहोस् मेनुका दृष्टिविहिन हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप