शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परमाणु परिक्षणपछि एक इन्जिनियरले बनाएका थिए संसारको पहिलो बिकिनी, थाहा पाउनुहोस् अन्य रोचक तथ्य

शनिबार, ३१ असार २०७४, ११ : ५३
शनिबार, ३१ असार २०७४

हलिउड र बलिउडमा बिकिनीको फेसन आजकाल निकै साधारण भएको छ तर यो बिकिनीलाई सबैभन्दा पहिले कसले बनाएका थिए भन्ने बारे कहिले सोच्नुभएको छ ? यो फेसन कसको दिमागको उपज होला भन्ने बारे कतिले अनुसन्धान पनि गर्नुभएको होला ।

यद्यपी, बिकिनीको फेसन थुप्रै दशक पुरानो हो । तर अहिले पनि कुनै युवती वा नायिकाले बिकिनी लगाउँछिन् तब एक प्रकारको हलचल नै मच्चिने गर्दछ ।

तपाईंले कहिले सोच्नु पनि भएको थिएन होला कि अमेरिकामा सन् १९४६ मा भएको परमाणु बमको परिक्षणसँग बिकिनीको सम्बन्ध छ र यसलाई कुनै डिजाइनरले नभई एक अटोमोबाइल इन्जिनियरले बनाएका थिए । बिकिनीको यात्रासँग जोडिएका केही रोचक तथ्यबारे जानकारी लिऔं ।

अमेरिकाको परमाणु परिक्षण साइटमाथि राखियो नामः

वास्तवमा बिकिनीका डिजाइनर लुइस रेअर्डले आफ्नो यो बोल्ड ड्रेसको नाम यूएस प्यासिफिक न्यूक्लियर साइट बिकिनीको नाममा राखिएको थियो । ५ जुलाईमा लुईसले संसारको सबैभन्दा छोटो बाथिंग ड्रेसलाई लञ्च गरेका थिए ।

त्यसको ठिक चार दिन पहिले यूएस मिलिट्रीले यूएस प्यासिफिक न्यूक्लियर साइट बिकनी एटलमा परमाणुको परिक्षण गरेका थिए ।  यो परिक्षणपछि यो स्थानलाई सन् १९४० को दशकमा कहिले पनि बिर्सन नसक्ने नाम बनाइयो ।

अटोमोबाइल इन्जिनियर थिए डिजाइनरः

बिकिनी कुनै फेसन डिजाइनर नभई एक इन्जिनियरको दिमागको उपज थियो । यो बनाएपछि लुईसको नाम संसारको सबैभन्दा ठूला डिजाइनरको गन्तीमा हुन थाल्यो ।

एक डान्सर थिइन् बिकिनी मोडलः

लुईसले आफ्नो यो बोल्ड ट्रेसका लागि कुनै मोडल पाइरहेका थिएनन् त्यसकारण उनले नग्न डान्स गर्ने डान्सर मिशेलिन बनौर्डिनीलाई संसारको पहिलो बिकिनी मोडल बनाए ।

गरेका थिए रिंग टेस्टः

लुइसको मान्यता अनुसार बिकिनीलाई एक औंठीभित्रबाट निकाल्न सक्नुपर्छ र उनको पहिलो बिकिनी पिस यस्तै थियो । मिशेलिनले जब पहिलो पटक यसका लागि पोज दिएकी थिइन् तब उनको हातमा एउटा सानो बक्स थियो जसमा सायद रुमाल मात्र अट्ने ठाउँ थियो । उक्त बक्समा बिकिनी निकै सजिलोसँग अटेको थियो ।

फिल्मले चर्चित बनयाो बिकिनीः

बिकिनीलाई ट्रेड बनाउनमा सबैभन्दा ठूलो भूमिका हलिउड फिल्मको थियो ।

सन् १९५१ पछि बिकिनीमाथि प्रतिबन्ध लगाइयोः

सन् १९५१ मा लण्डनमा आयोजित पहिलो मिस वर्ल्ड प्रतियोगितापछि बिकिनीमाथि संसारभरी प्रतिबन्ध लगाइएको थियो किनभने भ्याटिकनले यो लगाउँदा धर्म विरुद्ध हुने र पाप लाग्ने बताएको थियो ।

बिकिनीका कारण स्विमरबाट बनिन् नायिकाः

त्यसपछि फिल्ममा स्विमसुटको चलन बढ्यो । अमेरिकी स्विमर एस्थर विलियम्स सन् १९४० को ओलम्पिक प्रतियोगिताको तयारी गरिरहेका बेला बिकिनीमा नै पौडी खेल्ने गर्दथिन् । तर दोस्रो विश्वयुद्धका कारण उक्त प्रतियोगिता रद्ध भयो । यसै क्रममा हलिउड एजेन्टको ध्यान उनीमाथि केन्द्रित भयो र पछि उनी हलिउडकी सबैभन्दा धनी अभिनेत्रीमध्ये एक बनिन् ।

बिकिनीकै कारण मर्लिन मुनरो भइन् हिटः

सन् १९४० को दशकमा मर्लिन मुनरोले चर्चित पिरेली क्यालेन्डरका लागि फोटोसुट गरिन् । यसमा स्विमसुट लगाएको उनको तस्बिर निकै चर्चित भयो भने नग्न तस्बिरका कारण उनले आलोचना पनि झेल्नुपर्यो । अभिनेत्रीको रुपमा उनको करियर त्यसपछि नै सुरु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप