बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टानमा विवाद चर्कियो

शनिबार, ३१ असार २०७४, ११ : ५७
शनिबार, ३१ असार २०७४


काठमाडौं–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा देखिएको विवाद उग्र बन्दै गएको छ ।  अध्यक्ष चन्द्र रिजालले  कोषाध्यक्षको अधिकार कटौती गर्दै विधान संशोधन गरेको भनि सुरु भएको विवाद थप उग्र बन्दै गएको हो । 

शुक्रबार टान कार्यालयमा बसेको कार्यसमिति बैंठकमा विधान संशोधन र कोषाध्यक्षको अधिकार कटौती सहित सह–कोषाध्यक्षको हस्ताक्षर चल्ने गरि केही दिन अघि मात्र सनराइज बैंकमा खाता खोलेको विषयलाई लिएर चर्काचर्की भएको एक पदाधिकारीले  बताए । यद्यपी अध्यक्ष चन्द्र रिजााले साधारणसभाले पारित गरेको विधानको विषयलाई लिएर  कसैले विवाद झिक्छ भने त्यसको कुनै औचित्य नहुने तर्क गरे ।  उनले भने, ‘साधारणसभाले पारित गरेको विधान संशोधनमा विवाद गर्नुको औचित्य हुन्न ।  संस्थाले  विधिसम्मत गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । ’
तर असन्तुष्ट समूहले भने  झुक्याएर विधान संशोधन गरेको भन्दै त्यो नसच्चिएसम्म स्वीकार्य नहुने बताएको छ । 
यही विषमा अध्यक्ष रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहाल पक्ष बीच बैठकमा चर्काचर्की भएको ती पदाधिकारीको भनाई छ ।  तनावपछि रिजालले संस्थागत माइन्यूटको फोटोकपी र विधान संशोधनको प्रतिलिपि बाड्ने प्रतिवद्धता जाहेर गरेका छन्  । 
अध्यक्ष रिजाल सहित वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई विगतमा पटक–पटक आग्रह गरेको र उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि साधारणसभाबाट कोषाध्यक्षको अधिकार कटौती हुने गरी  झुक्याएर विधान संशोधन गरिएको असन्तुष्ट समूहको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप