शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका लागि नेपाली राजदूत राणाद्वारा ओहदाको प्रमाणपत्र पेश

शनिबार, ३१ असार २०७४, १२ : ०९
शनिबार, ३१ असार २०७४

जापान– राप्रपाको कोटामा जापानका लागि नेपाली राजदूत नियुक्त भएकी प्रतिभा राणाले जापानी सम्राट अकिहितो  समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

सो अवसरमा राजदूत राणाले  सम्राट समक्ष नेपाल र जापानबीच रहिआएको निकट तथा सौहार्द सम्बन्धलाई आफ्नो कार्यकालमा थप मजबुत पार्ने बचनबद्धता व्यक्त गरेको बताइएको छ ।

सो क्रममा जापानको आन्तरिक मामिला तथा संचारमन्त्री कसेने ताकाइची, नेपाली दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्वितीय सचिव टोपनारायण गिरी , तृतीय सचिव रेवन्त केसी लगायतको उपस्थिति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप