शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक सतपतिमाई ओझेलमा

शनिबार, ३१ असार २०७४, १४ : २१
शनिबार, ३१ असार २०७४

नवलपरासी ,-नवलपरासीको सुस्ता गाउँपालिकामा अवस्थित सतपति माइको ऐतिहासिकस्थल ओझेलमा परेको छ । उचित प्रचारप्रसार र सम्बद्र्धनको अभावमा धार्मिक र पर्यटकीय हिसाबमा यो महत्वपूर्णस्थल ओझेलमा परेको हो । 
सतपति माईको मन्दिरस्थल सबैको मनोकामना पूरा हुने आस्थाको केन्द्रविन्दु बनेको यो स्थल विशेषगरी माछापोखरीका कारण अझ प्रचलित छ । 

सो गाउँपालिका अन्तर्गत वडा– २ मा पर्ने रुपैलियामा रहेको सतपति माईको धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वका साथ हेरिन्छ । 

सतपति माइस्थल इतिहासको कालखण्डमा यो स्थानमा छवटा मात्र घर भएकाले सतपति माइको नाममा यसस्थलको नामाकरण भएको मन्दिरका पूजारी खिरामन चौधरीले बताउनुभयो । 

पोखरीको माछा यदि कसैले खाएमा उसको मृत्यु हुने मान्यता छ । केही वर्षअघि नेपाली सेनाका तीन जवानले माछा खाँदा उनीहरुको पनि मृत्यु भएको स्थानीयवासीको भनाइ छ । 

पुरानो धार्मिकस्थल भए पनि हालसम्म संरचनाको हिसाबले खासै निमार्णका काम भएको छैन् । स्थानीयले श्रमदान गरेर सामान्य निर्माण गरेका स्थानीय भरत थारुले बताउनुभयो । 

नवलपरासीको सतपति माइसहित देशका अन्य पर्यटकीयस्थल यतिबेला ओझेलमा परेका छन् । तसर्थ सबै स्थानको पर्यटकीय विकासमा सरकारको ध्यान पुग्न जरुरी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप