शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली राजदूतावास मलेसियाले कन्सुलर सेवा दिने

मङ्गलबार, २६ असार २०७५, १३ : २९
मङ्गलबार, २६ असार २०७५

काठमाडौं–गैरकानुनी रूपमा मलेशियामा काम गर्दै आएका आफ्ना नागरिकलाई सकुशल घर फर्काउन नेपाली दूतावास मलेशियाले कन्सुलर सेवा दिने भएको छ । 

दूतावासले अत्याधिकनेपाली कामदार रहेको मलेशियाको जोहोर र पेनाङ्ग राज्यमा आउँदो जुलाई १४ तारिख शनिवार कन्सुलर सेवा दिन लागेको हो । 

शनिवार विहान १० बजे देखि जोहोर बारुको बागुस सिटि होटेल तथा पेनाङको दिवान हल बुकित मेर्ताजाममा सेवा शुरुहुने दूतावासले सूचना जारि गरेको छ । दूतावासका द्धितीय सचिव महेश त्रिपाठी र तृतीय सचिव चुमानसिं के.सी.को नेतृत्वमा जोहोरमा तथा द्धितीय सचिव प्रेमराज गौतम र सहचारी निरोज बस्नेतको नेतृत्वमा पेनाङमा सेवा संञ्चालन हुने उहाँहरुले जानकारी दिनु भएको छ ।  

मलेशियन सरकारले आफ्नो देशमा अबैधानिक रूपमा काम गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्कन ३० अगस्ट २०१८ सम्म अन्तिम मिति तोकेको छ । नेपाली राजदूतावासले यसलाई नै मध्य नजर गर्दै दूतावासले भौगोलिक रूपमा टाढा र सुरक्षाको हिसाबले समेत संबेदनसिल रहेका क्षेत्रमा आफ्नै उपस्थितिमा कन्सुलर सेवा प्रदान गर्न लागेको दूतावासका कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनु भयो । 

अबैधानिक नेपाली कामदारले नेपाली नागरिकताको एक प्रति प्रतिलिपी, राहदानीको एक प्रतिलिपी, २ प्रती पासपोर्ट साइजको फोटो र दस्तुर १६० रिंगट बुझाइ फाराम भरि स्वदेश फर्कन सक्नेछन् । 

नयाँ सरकार बने संगै गैर कानुनी रूपमा बसेका आप्रवासी कामदार माथी ब्यापक धरपकड समेत सुरु गरेको छ । तोकिएको समय सिमा भित्रै स्वदेश फर्कन हाल दूतावासमा पनि चाप बढेको ट्राभल डकुमेण्ट ईन्चार्ज द्धितीय सचिव महेश त्रिपाठीले बताउनु भयो । 

दुबै स्थानमा रहेका विभिन्न संघ संस्थाहरुलाई सेवामा सहयोग गर्न दूतावासले अनुरोध गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप