शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कहीँ कतै’को ट्रेलरमा सोनम र सिवानीको प्रेम पिडा किन ?

मङ्गलबार, २६ असार २०७५, १४ : २६
मङ्गलबार, २६ असार २०७५

काठमाडौं – २५ श्रावणमा रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’ले प्रदर्शन मिति नजिकिदै गर्दा अफिसियल ट्रेलर रिलिज गरेको छ । ट्रेलरमा नव कलाकारद्वय सोनम बरफुङपा र सिवानी गिरीसँगै दीलिप रायमाझी, किशोर खतिवडा र उमा ‘बेबी’ गिरी पनि देखिएका छन् । यी नै चलचित्रका मुख्य कलाकार पनि हुन् । 

ट्रेलरले चलचित्र केही रोमान्टिक त केही वियोगान्त रहेको आभाष दिएको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।  रोशन श्रेष्ठको द्धन्द, सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ ।

सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप