शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खालिङ राई भाषिक गीतले चुम्यो पहिलोपटक राष्ट्रिय अवार्ड

मङ्गलबार, २६ असार २०७५, १५ : ००
मङ्गलबार, २६ असार २०७५

काठमाडौं– किरात खालिङ राई भाषाको गीतले पहिलोपटक राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । दिल्कम् हेङ् मोओ रैछू बोलको खालिङ गीतका गायक पूर्ण राईले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन् । यस गीतको रचना गायक स्वयमले गरेका हुन् । त्यसैगरी यस गीतमा संगीत र संगीत संयोजन पबिधन खालिङको रहेको छ । 

नेपाल भाषिक–सांस्कृतिक विविधता भएको मुलुक भएता पनि नेपाली भाषा अन्तरगतका बिभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान कार्यक्रमहरु मात्र हुँदै आईरहेको थियो । त्यो सिलसिलाको क्रम भङ्गता गर्दै National Power News & Media Entertainment प्रालिले पहिलो पटक ऐतिहासिक म्युजिक अवार्ड "National Power News Music Award - 2018"  भव्यतापुर्वक सम्पन्न गरेको छ ।

यस अवार्ड कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समाबेश गरिएका थिए । सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको यो समारोहमा देशकै बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति सहित कलाकारहरुको दमदार प्रस्तुतिले समारोह उदाहरणीय तुल्याएको थियो ।

नेपालको पहिलो समाबेशी अवार्ड समारोहका प्रमुख अथिति कानुन तथा न्याय मन्त्री शेर बहादुर तामाङ तथा नेपाली राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई ९ब्याकुल माईला० ले संयुक्त रुपमा सर्वोत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान तथा सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप