बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच लाखदेखि ५४ लाखसम्म ठगेका व्यवसायी गजमेर पक्राउ

मङ्गलबार, २६ असार २०७५, १९ : २७
मङ्गलबार, २६ असार २०७५

काठमाडौँ । राजधानीको बालुवाटारस्थित कालिका टावरमा एउटा लगानी कम्पनीको कार्यालय छ । ‘माई इन्भेस्टमेन्ट लिमिटेड’ नामक उक्त कम्पनीका अध्यक्ष हुन् अनिल गजमेर ।

कम्पनीको आवरणमा झण्डै साढे चार करोड ठगी गरेको आरोपमा गजमेरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार गजमेरलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । 

उनीविरुद्ध प्रहरीमा ११५ जनाको ठगीको उजुरी  परेको एसएसपी पोखरेलले रातोपाटीलाई जानकारी दिए । उक्त कम्पनीको आवरणमा गजमेरले सयौं मान्छेबाट ५ लाखदेखि ५४ लाख दरले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको काठमाडौँ प्रहरीले जनाएको छ । 

२०१० मा स्थापना भएको ‘माई इन्भेस्टमेन्ट लिमिटेड’मा भक्तपुरका निर्मलकुमार रिमाललाई गजमेरले ‘कम्पनीमा सेयर पनि दिन्छु, २५ प्रतिशत ब्याज पनि दिउँला’ भन्दै पटक–पटक गरेर ५४ लाख हाल्न लगाए । उनले पनि गजमेरविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । 

२०६८ जेठदेखि २०७१ भदौसम्म पटक–पटक गरेर ५४ लाख रुपैयाँ लिएर २५ प्रतिशत ब्याज दिने ‘सहमती कागज’समेत बनाएर गजमेरले ठगी गरेको भन्दै निर्मल रिमालका छोरा समिर रिमालले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको दुई महिनापछि गजमेर पक्राउ परेका हुन् । 

यो पनि,,,

करोडौँ ‘ठगी’ : उजुरीको चाङ, गृहमन्त्रीको शरण !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप