शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन दिए प्रधानसम्पादकद्वय सुधीर शर्मा र अखिलेश उपाध्यायले राजीनामा ?

मङ्गलबार, २६ असार २०७५, १९ : ३७
मङ्गलबार, २६ असार २०७५

काठमाडौं– कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्मा र द काठमाडौं पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले पद त्याग गरेका छन् । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुरमा भारतीय पत्रिका टाइम्स अफ इन्डियाका पत्रकार रजनिशलाई अध्यक्षपछिको बरियता दिन लागेपछि उनीहरुले राजीनामा दिएको बताएको छ । 

अध्यक्ष सिरोहियाले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि दुवैजनाले एकैपटक पद त्याग गरेका हुन् । 

दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा कान्तिपुरमा कार्यरत पत्रकारहरुलाई बोलाएर आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् । उनीहरुको राजीनामाको जानकारी औपचारिक रुपमा बुधबार आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप