शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताको टाउको ऋण बोकाएर रेल र जहाज ल्याउॅन पाईदैन : डा.शेखर

मङ्गलबार, २६ असार २०७५, २२ : ३६
मङ्गलबार, २६ असार २०७५

काठमाडौं-काँग्रेस नेता डा शेखर कोइरालाले नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएर रेल र पानी जहाज ल्याउन आबश्यक नरहेको बताएका छन् । 

बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ पुस्तक बिमोचन गर्दे नेता कोइरालाले भने, ‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौँ। तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउॅने हो भने त्यो हामी स्विकार्न तयार छैनौँ ’

काँग्रेस नेता सिटौलाको आरोप : ‘स्टेट टेरोरिजम’ शुरु भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै रेल र पानी जहाज ल्याउने योजना सुनाइरहदा काँग्रेस नेता कोइरालाको यस्तो भनाई आएको हो ।

नेता कोइरालाले देश राणा र पंचायतीयुग भन्दा पनि निरंकुश बाटोमा प्रवेश गर्न लागेको  बताए । 

उनले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागि पुन एकपटक लड्ने दिन आउॅन लागेको दावी गरे । 

पार्टी एकढिक्का भए कसैले पराजित गर्न सक्दैन् : महामन्त्री कोइराला

नेता कोईरालाले गुटबन्दीले कॉग्रेस ईतिहॉसकै कमजोर बनेको बताए । 

‘मंचबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक हुदैन। पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधानसम्मत हिड्छन्’ उनले भने ।

प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछि बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएकी थिइन् ।

शर्माको २०७३ साल असारमा निधन भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप