बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २७ असार २०७५, ०६ : २२
बुधबार, २७ असार २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असार २७ गते । बुधबार । ईश्वी सन् २०१८ जुलाई ११ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । गीष्म ऋतु । श्रीशाके १९४० । आषाड कृष्ण पक्ष । तिथि त्रयोदशी २० घडी ४७ पला,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मृगशिरा ४७ घडी ११ पला,रातको १२ बजेर ०९ मिनेट उप्रान्त आद्रा । योग वृद्धि २७ घडि ५५ पला,बेलुकी ०४ बजेर २७ मिनेट उप्रान्त ध्रुव । करण वणिज,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ३० मिनेट उप्रान्त चतुष्पद।  

 

आनन्दादिमा अमृत योग । चन्द्रराशि बृष,दिउसो १२ बजेर ५१ मिनेट उप्रान्त मिथुन । विश्व जनसंख्या दिवस। दिल्लाचह्रे पूजा।

काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १९ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउँनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मध्यान्ह्बाट समय राम्रो रहेकोले व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उपलब्धिमुलकनै रहनेछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउदा मन प्रशन्न हुनेछ ।

शुभ अंक — १

शुभ रंग — कफि

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउँने समय रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पारिवारिक माहोलामा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ५

शुभ रंग —  खरानि 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ४

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । साझपख स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिदेशमा बसेर काम गर्ने हरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । मध्यान्हबाट समय राम्रो नयाँ काम पाउँने तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा अन्य प्रतिष्पर्धिभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । साझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अलि बढि समय खर्चिए नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । 

शुभ अंक — ३

शुभ रंग — सेतो

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुँनेछ  । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ  अंक — ३

शुभ रंग — पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

शुभ अंक — १

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । साझपख आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । 

शुभ अंक — ३

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप